CG Electronics
IME Life
NIMB

१३ बैंकको नाफा बढ्दा ७ वटाको घट्यो, कुन बैंकले कति कमाए ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं ।  वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात् छ महिना (पुस मसान्त) सम्म ३० अर्ब १३ करोड खुद मुनाफा कमाएका छन्।

 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकले पुस मसान्तसम्म उक्त परिमाणमा खुदा नाफा गरेका हुन्। जुन गत वर्षको सोही अवधिको तुलनामा ११.८७ प्रतिशतले बढी हो।

 

 

उक्त अवधिमा १३ बैंकको नाफा बढ्दा ७ वटाको घटेको सार्वजनिक वित्तीय विवरणले देखाएको छ। प्रभु, सनराइज, सिटिजन्स, कृषि विकास, सिद्धार्थ, प्राइम कमर्सियल र नेपाल बैंकको नाफा घटेको हो।

 

 

वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये नबिल बैंकले सबैभन्दा धेरै नाफा गरेको छ। बैंकले पुस मसान्तसम्म ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको हो। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब १८ करोड मुनाफा गरेको थियो। गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष ५६.६७ प्रतिशत धेरै नाफा हो।

 

 

पुस मसान्तसम्म कृषि विकास बैंक भने १२ करोड ८९ लाख रुपैयाँ घाटामा छ। बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ मुनाफा गरेको थियो।

 

त्यसैगरी सिटिजन्स बैंकको मुनाफा पनि घटेको छ। बैंकले पुस मसान्तमा ८४ करोड १३ लाख मात्रै नाफा गरेको छ। गत वर्ष यसै अवधिमा बैंकले १ अर्ब २३ करोड मुनाफा गरेको थियो।

 

 

यता सिभिल बैंकको नाफा बढेको देखिएको छ। गत वर्षको तुलनामा बैंकको नाफा बढेर ६३ करोड ७० लाख रुपैयाँ पुगेको हो। गत वर्ष सोही अवधिमा बैंकले ५० करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो।

 

त्यस्तै, एभरेष्ट बैंकले पनि नाफा बढाउन सफल भएको छ। बैंकले पुस मसान्तसम्म १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ८३ करोड ८९ लाख रुपैयाँ नाफा गरेको थियो।

 

अर्को वाणिज्य बैंक ग्लोबल आईएमई बैंकको नाफा पनि बढेको छ। बैंकले २ अर्ब ७८ करोड रुपैयाँ नाफा गरेको हो। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ मात्र नाफा गरेको थियो।

 

हिमालयन बैंकको पनि नाफा बढेको छ। बैंकको नाफा बढेर ९५ करोड ४७ लाख पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले ७४ करोड ३४ लाख नाफा गरेको थियो।

 

लक्ष्मी बैंकको पनि नाफा बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले ८१ करोड ७३ लाख नाफा गरेको थियो।

गत वर्षको सोही अवधिको तुलनामा माछापुच्छ्रे बैंकको नाफा पनि बढेर १ अर्ब २ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको थियो।

 

यता नेपाल बैंकको नाफा भने घटेको छ। गत वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा घटेर नाफा १ अर्ब १७ करोडमा सीमित भएको हो। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको थियो।

 

नेपाल एसबीआई बैंकले पनि उक्त अवधिमा नाफा बढाउन सफल भएको छ। पुस मसान्तसम्म चालू आवमा बैंकको नाफा १ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकको नाफा ७८ करोड २७ लाख रुपैयाँ थियो।

 

त्यस्तै, एनआईसी एसिया बैंकको नाफा बढेर ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको थियो।

 

एनएमबी बैंकको नाफा बढेर १ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ७१ करोड नाफा गरेको थियो।

 

प्रभु बैंकको नाफा भने घटेको छ। बैंकको नाफा घटेर १ अर्ब १९ करोडमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा गरेको थियो।

 

प्राइम कमर्सियल बैंकको नाफा घटेको छ। बैंकको नाफा घटेर १ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ६७ करोड नाफा गरेको थियो।

 

सानिमा बैंकको नाफा बढेको छ। बैंकको नाफा बढेर १ अर्ब २८ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब २ करोड नाफा गरेको थियो।

 

सिद्धार्थ बैंकको नाफा घटेको छ। बैंकको नाफा घटेर १ अर्ब १६ करोडमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको थियो।

 

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा बढेको छ। बैंकको नाफा बढेर १ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ८ करोड नाफा गरेको थियो।

 

सनराइज बैंकको नाफा घटेको छ। बैंकका नाफा घटेर ६५ करोड ३९ लाखमा सीमित भएको छ। गत वर्ष सोही अवधिमा बैंकले ७४ लाख ५५ करोड नाफा गरेको थियो।

 

राष्ट्रिय वाणिज्य बैंकको पनि यो अवधिमा नाफा बढेको छ। बैंकको नाफा बढेर २ अर्ब ७१ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको थियो।

 

सेञ्चुरी बैंक, इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू र मेगा बैंकले भने दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। यी बैंकहरु भर्खरै मर्जरमा सामेल भएका थिए।

 

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

नेपाल टेलिकमको विश्वकप– २०२६मा विशेष ‘टीभी प्याकेज’

वि.सं.२०८३ जेठ ३० शनिवार २०:०१

काठमाडौँ। नेपाल टेलिकमले हाल सञ्चालन भइरहेको फिफा विश्वकप– २०२६ लाई...

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्सपोज २०२६ को स्टल...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२९

काठमाडौं। नाइमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाइमा) ले आगामी ‘नाइमा...

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री, मासिक २,८९९ रुपैयाँमै घर लैजान सकिने

टिभिएस जुपिटर खरिदमा ९ महिनासम्म पेट्रोल फ्री,...

वि.सं.२०८३ जेठ ३० शनिवार १३:२४

काठमाडौं ।  नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्स...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...