CG Electronics
IME Life
NIMB

मौलिक र रैथाने खानाको स्वाद लिइदै माघी विशेष खाना महोत्सव सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौं । माघे संक्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौंको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रा.लि. द्धारा सञ्चालित मौलिक बजार तथा मौलिक भान्छाघरले आयोजना गरेको ७ दिने खाना महोत्सव सम्पन्न भएको छ ।

माघ १ गते बुढानिलकण्ठ नगरपालिकाका प्रमुख (मेयर) मिठाराम अधिकारीले सो महोत्सवको उदघाटन गरेर सुरु भएको माघी विशेष खाना महोत्सवको समापन राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत गरेका थिए ।

माघी विशेष खाना महोत्सव समापन गर्दे उपाध्यक्ष बस्नेतले मौलिक भान्छाले आयोजना गरेको मौलिक र रैथाने खानाको महोत्सव उदारणीय काम भएकोले यसको प्रवद्र्धनमा युवा परिषद्को सहयोग रहने बताए ।

बस्नेतले “स्वादका लागि होइन दिमागले खाउँ” भन्ने आफ्नो स्लोलगन मौलिक भान्छाघरले पालना गरेको बताए । स्वादसँगै आफ्नो स्थानीय उत्पादनहरुको बजारीकरण हुने हुदाँ राज्य र स्वास्थ्य दुवैका लागि उतिकै महत्वपुर्ण फाइदा भएकोले यस्ता किसिमको व्यवसायलाई राज्यले प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रमको अवलोकनमा आएका प्रदेश सांसद जयराम भुमी व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव दामोदर रेग्मीले राज्यले गनुपर्ने काम एउटा नीजि क्षेत्रले सुरुवात गरेकोमा धन्यावद दिए ।

साथै आफुले आफ्नो मन्त्रालयको तर्फबाट र व्यक्ति रुपमा गनुपर्ने सहयोगको लागि सधै साथ रहेको बताउँदै रेग्मीले भने “हाम्रा चाडपर्वमा खाइने मौलिक खानाहरु स्वादप्रद्र्धकको साथै स्वास्थ्यको लागि पनि उतिकै महत्व भएकाले यस्तो खाना मौलिक भान्छाको (रेष्टुरेन्ट) मेनुमा समावेश हुदाँ स्वदेशी उत्पादन र बजारीकरणमा सकरात्मक सन्देश जान्छ,” उनले भने ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र ललितपुरका प्रमुख नारायण कुमार श्रेष्ठले मौलिक भान्छाघर र मौलिक बजारको प्रयासले अब किसानले उत्पादन गरेको वस्तुको बजार समस्या नहुने बताए ।

मुलुकको आजको आवश्कता कृषि उपजहरुमा उत्पादन र बजारीकरण तालमेल नमिल्नु भएको बताउँदै श्रेष्ठले भने “आफ्नो रैथाने र मौलिक उत्पादनको महत्व बुझाउने यस्तो महोत्सव तथा मेलाले बजार सुनिश्चित गर्दछ ।” रैथाने तथा मौलिक खानाले स्वाद र स्वाथ्यका साथै कृषि उत्पादनको समेत प्रवद्र्धन हुने भएकोले यस्तो व्यवसयालाई ज्ञान केन्द्रले उच्च प्राथमिकता राख्ने पनि बताए ।

र्
बसे पनि शहर, गाउँ कै खाने रहन, स्वादका लागि हैन स्वास्थयका लागि खाऔं मुल नाराका साथ सुरु भएको महोत्सवको ६ सय ५० जनाले अवलोकन गरेको आयोजक सुमन दाहालले जानकारी दिए ।

गत आइतबारबाट सुरु भई शनिबारसम्म सञ्चालन भएको ७ दिने महोत्सवमा आम मानिसको उत्साहजनक उपस्थित भएको बताउँदै दाहालले भने “यस अवधिमा ५०० जनाले अवलोकन गराउने लक्ष्य भएपनि लक्ष्य भन्दा बढीले अवलोकन गरेका छन् ।” मौलिक र रैथाने खानामा स्वास्थ्यमा ख्याल राख्ने आम मानिसको विशेष चासो बढ्दै गएकोले यो कार्यक्रम सञ्चालन गरेपछि आफु उत्साहित भएको उनको भनाई छ ।

 

सो कार्यक्रममा विभिन्न स्वदेशी र रैथाने खानाको परिकारको स्टल राखिएको थियो भने एक सेट खाना निशुल्क चखाउने व्यवस्था गरिएको थियो ।

मौलिक चाडपर्व र यसमा खाइने विशेष परिकारकोे महत्व बुझाउने उद्देश्यले जैविक विबिधता दिवस को अवसरमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि ज्ञान केन्द्र ललितपुर, राष्ट्रिय युवा परिषद, बुढानिलकण्ठ नगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सहकार्यमा मौलिक भान्छाघरले कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्री वाग्लेको निर्देशन

लगानीकर्ताको हित संरक्षणमा इमानदारीपूर्वक काम गर्न नवनियुक्त...

वि.सं.२०८३ असार १६ मंगलवार २०:२६

  काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त...