nic bank
himalayan everesat
Nmb bank

विकास बैंकको नाफा घट्यो, कुन-कुनले गरे फाइदा ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडाैँ । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रकाशित वित्तीय विवरणअनुसार अधिकांश विकास बैंकको नाफा घटेको छ ।

गत आवको सोही अवधिको तुलनामा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा २०.९१ प्रतिशतले घटेको हो ।

चालु आवको ६ महिनाको अवधिका सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल २ अर्ब ५३ करोड २३ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवेधिमा यी बैंकहरुले कुल ३ अर्ब २० करोड १७ लाख ४४ हजार रुपैयाँ नाफा कमाएका थिए ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकमध्ये ३ वटाको नाफा भने बढेको छ । यस अवधिमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र साइन रेसुङ्गा विकास बैंकको नाफा बढेको हो ।

गत आवको सोही अवधिको तुलनामा मुक्तिनाथ विकास बैंकको नाफा ३.९६ प्रतिशतले बढेर ६२ करोड ६२ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासको अवधिमा बैंकले ६० करोड २४ लख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

साइन रेसुङ्गा विकास बैंकको नाफा २३.१८ प्रतिशतले बढेर ४२ करोड ९६ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ३४ करोड ८८ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, गत आवको सोही अवधिको तुलनामा गरिमा विकास बैंकको नाफा १.८६ प्रतिशतले बढेर ५० करोड २१ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ थियो ।

५ विकास बैंकको नाफा घट्यो

५ वटा विकास बैंकको नाफा भने घटेको छ । ज्योति विकास बैंक, सांग्रिला विकास बैंक, महालक्ष्मी विकास बैंक, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंकको नाफा घटेको छ । नाफा घटेका ५ वटा बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिशतले नाफा ज्योति विकास बैंकको घटेको छ । बैंकको नाफा ८९.९० प्रतिशतले घटेर ३ करोड ४७ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ४० लाख १६ हजार रुपैयाँ थियो ।

कामना सेवा विकास बैंकको नाफा ४३.०१ प्रतिशतले घटेर १९ करोड ५८ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ थियो ।

यस्तै, सांग्रिला डेभलपमेन्टको नाफा ३६.३८ प्रतिशत, लुम्बिनी विकास बैंकको २५.७८ प्रतिशत र महालक्ष्मी विकास बैंकको नाफा ३०.७४ प्रतिशतले घटेको छ ।

यस अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १६ करोड ६५ लाख ६३ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको नाफा ३१ करोड ६० लाख ४६ हजार रुपैयाँ र लुम्बिनी विकास बैंकको नाफा २६ करोड १० लाख ६७ हजार रुपैयाँ रहेको छ ।

गत आवमा सांग्रिलाको नाफा २६ करोड १८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ३५ करोड १७ लाख ४४ हजार रुपैयाँ र कामना सेवा विकास बैंकको ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ रहेको थियो ।

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...