CG Electronics
IME Life
NIMB

११ वटा फाइनान्सले सार्वजनिक गरे वित्तीय वित्तीय विवरण, कुनले कति कमाए ? कति गुमाए ?

NIMB
Himalayan Bank

 

काठमाडाैँ । सञ्चालनमा रहेका फाइनान्स कम्पनीमध्ये हालसम्म ११ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका ११ फाइनान्स कम्पनीमध्ये ७ कम्पनीको नाफा प्रभावित भएको छ ।

 

गत आवको सोही अवधिको तुलनामा नाफा प्रभावित हुने फाइनान्सहरुमा श्री इन्भेष्टमेन्ट, बेस्ट फाइनान्स, आइसीएफसी फाइनान्स, गुडविल फाइनान्स, गुहेश्वरी फाइनान्स, मल्टी पर्पज फाइनान्स र नेपाल फाइनान्स रहेका छन् ।

 

दोस्रो त्रैमासको अवधिमा मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स र गोर्खाज फाइनान्सको नाफा भने गत आवको सोही अवधिको तुलनामा बढेको छ ।

 

यस्तै, प्रोग्रेसिभ फाइनान्सको नाफा ऋणात्मक छ । फाइनान्स १ करोड ३० लाख रुपैयाँ ऋणात्मक छ । जसअनुसार प्रोग्रेसिभ फाइनान्स बाहेकका १० वटा फाइनान्सले चालु आवको ६ महिना अर्थात पुस मसान्तसम्ममा ३७ करोड ८८ लाख ३६ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको तुलनामा ३१.०२ प्रतिशतले नाफा घटेको हो । गत आवको दोस्रो त्रैमासको अवधिमा ११ वटा फाइनान्सको नाफा ५४ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।

 

सर्वाधिक नाफा भने मञ्जुश्री फाइनान्सको छ । गत आवको तुलनामा मञ्जुश्रीको नाफा ८१.१० प्रतिशतले बढेर १३ करोड ६५ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत आवको पुस मसान्तसम्ममा कम्पनीको नाफा ७ करोड ५३ लाख ८९ हजार रुपैयाँ थियो ।

 

३ वटाको नाफा बढ्यो, प्रोग्रेसिभको २४७ प्रतिशतले बढ्यो

गत आवको सोही अवधिको तुलनामा ३ वटाको नाफा भने बढेको छ । ३ मध्ये धेरै प्रतिशत नाफा बढाउने कम्पनीमा गोर्खाज फाइनान्स परेको छ । फाइनान्सको नाफा २४६.९७ प्रतिशतले बढेर ६ करोड ७१ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १ करोड ९३ लाख ५५ हजार रुपैयाँ थियो । मञ्जु श्री फाइनान्सको नाफा ८१.१० प्रतिशतले बढेर १३ करोड ६५ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

 

गत आवको सोही अवधिमा कम्पनीको नाफा ७ करोड ५३ लाख ८९ हजार रुपैयाँ थियो । यस्तै, पोखरा फाइनान्सको नाफा २०.१२ प्रतिशतले बढेको छ । फाइनान्सले यस अवधिमा ३ करोड ५५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा २ करोड ९६ लाख १६ हजार रुपैयाँ थियो ।

 

७ वटाको नाफा घट्यो, वेस्ट फाइनान्सको धेरैले घट्यो

वित्तीय विवरण प्रकाशित गरेका ११ मध्ये ७ वटा कम्पनीको नाफा भने घटेको छ । यस अवधिमा वेस्ट फाइनान्सको नाफा ९३.०८ प्रतिशत, गुहेश्वरी फाइनान्सको नाफा ७४.८२ प्रतिशत, नेपाल फाइनान्सको नाफा ५९.५१ प्रतिशत, आइसीएफसीको नाफा ५७.७३ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा ५५.१२ प्रतिशत र गुडविल फाइनान्सको नाफा ४०.७२ प्रतिशतले घटेको छ ।

 

यस अवधिमा गुहेश्वरीको नाफा ७ करोड १९ लाख रुपैयाँ, आइसीएफसीको नाफा ३ करोड ९१ लाख ६५ हजार रुपैयाँ, मल्टी पर्पजको नाफा २३ करोड ३१ लाख रुपैयाँ, नेपाल फाइनान्सको नाफा १ करोड ३४ लाख ७९ हजार रुपैयाँ, श्री इन्भेष्टमेन्टको नाफा २ करोड ७ लाख ३७ हजार रुपैयाँ, वेस्ट फाइनान्सको नाफा ९७ लाख २ हजार रुपैयाँ र गुडविलको नाफा ४ करोड ६९ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

 

गत आवको दोस्रो त्रैमासको अवधिमा गुहेश्वरीको नाफा २ करोड ८६ लाख ७०ह जार रुपैयाँ, आइसीएफसीको नाफा ९ करोड २६ लाख ५४ हजार रुपैयाँ, मल्टी पर्पजको नाफा ४६ लाख २७ हजार रुपैयाँ, नेपाल फाइनान्सको ३ करोड ३२ लाख ९३ हजार रुपैयाँ, श्री इन्भेष्टमेन्टको नाफा ४ करोड ६२ लाख ३ हजार रुपैयाँ, वेस्ट फाइनान्सको नाफा १४ करोड २ लाख ९ हजार रुपैयाँ रर गुडविलको नाफा ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ थियो ।

 

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...