CG Electronics
IME Life
NIMB

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलद्वारा पूँजीगत खर्च बढाउन निर्देशन

NIMB
Himalayan Bank

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनु भएको छ ।

अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउँदै राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत हुन र पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिनु भएको हो ।

नेपाल सरकारको स्रोतबाट खर्च हुने सबै शिर्षकहरुमा छुट्टाइएको रकम सोही शिर्षकमा मात्र खर्च गर्न, चालु प्रकृतिका खर्च निरुत्साहित गर्न, अनिवार्य दायित्व बाहेक कुनैपनि शिर्षकमा थप बजेट माग नगर्न आग्रह गर्दै उहाँले शोध भर्ना लिने कार्यलाई प्राथमिकता दिन निर्देशन दिनुभयो ।

यस्तै पुँजीगत खर्च तोकिएको परियोजनामा समयमा सम्पन्न गर्न, स्वीकृत दरबन्दी बाहेकमा कुनै पनि किसिमको दायित्व सिर्जना हुने गरी जनशक्ति व्यवस्था नगर्न पनि निर्देशन दिनुभयो ।

असुल उपर गर्ने उल्लेख भएका बेरुजु यथाशिघ्र असुल उपर गर्न निर्देशन दिँदै उहाँले आगामी बजेट निर्माण गर्दा स्थानीय तथा प्रदेश सरकारले सञ्चालन गर्ने स्तरका साना योजना समावेश नगरी अध्ययन पुरा भएका, राष्ट्रिय स्तरमा प्राथमिकतामा परेका, राष्ट्रिय उत्पादनमा योगदान दिने, रोजगारी सिर्जना गर्ने र उच्च प्रतिफल दिने आयोजनाहरुलाई प्राथमकता दिन आग्रह गर्नुभयो ।

राजस्व परिचालनमा रहेका बेथितिको श्रृंखलाहरु टुटाउन गृहप्रशासनको समेत सहयोग लिएर राजस्व प्रशासन अघि बढ्ने उल्लेख गर्दै उहाँले राजस्व परिचालनलाई प्रभावकारी बनाउनमा सहयोग पुर्याउन सम्बन्धित मन्त्रालयहरुका सचिवलाई निर्देशन दिनुभयो ।

वैदेशिक स्रोत परिचालनमा पनि कमजोरीहरु रहेको बताउँदै उहाँले अनुदान र ऋण परिचालनका लागि अर्थमन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्ने र त्यसमा तदारुकता लिएर काम गर्न सचिवहरुलाई निर्देशन दिनुभयो ।

यस्तै वैदेशिक सहयोगलाई परिणाममुखी र उपलब्धिमुलक बनाउन प्राप्त सहयोगलाई उत्पादनशिल क्षेत्रमा लगानी हुने गरी नीति तथा कार्यक्रम समावेश गर्न पनि निर्देशन दिनुभयो ।

 

अर्थमन्त्रालयका सचिव तोयम रायाले मितव्ययिता र खर्च कटौती सम्बन्धी कार्य अर्थमन्त्रालयले सुरु गरिसकेको र अन्य मन्त्रालले समेत कार्यान्वयन गर्ने अपेक्षा गर्दै नियमित प्रकृतिका काममा थप बजेट नमाग्न आग्रह गर्नु भयो ।

राजस्व सचिव डा.रामप्रसाद घिमिरेले राजस्व चुहावट नियन्त्रणमा सबै निकायले सहयोग गर्न, राजस्व छुट माग गर्ने विषयमा गम्भिर हुन तथा गैरकर राजस्व संकलनमा सकृयताको लागि अनुरोध गर्नुभयो ।

अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्ले २०७९ पुससम्म राजस्वको लक्ष्य ६ खर्ब ५१ अर्व ६१ करोड रुपैयाँ रहेकोमा ४ खर्ब ९० अर्ब ४ करोड रुपैयाँ संकलन भएको जानकारी दिनुभयो । उहाँले पूँजीगततर्फ पुस मसान्तसम्म १ खर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ५३ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको र चालुतर्फ ५ खर्ब ९४ अर्ब रुपैयाँ विनियोजन भएकोमा ४ खर्ब ५५ अर्ब रुपैयाँ १२ करोड रुपैयाँ खर्च भएको जानकारी दिनुभयो ।

यस्तै वित्तियतर्फ १ खर्ब ९ अर्ब ९० करोड रुपैयाँ विनियोजन भएकोमा ६७ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको छ ।

कार्यक्रममा पूँजीगत खर्च बढी विनियोजन भएका १२ वटा मन्त्रालयका सचिवहरु उपस्थित हुनुहुन्थ्यो ।

 

Budget&expenditure sheet

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकासलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित; युवा...

वि.सं.२०८३ असार २० शनिवार २१:३१

    काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (NYEF) काठमाडौं...

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...