IME Life
NIMB

वाणिज्य बैंकहरूको निक्षेपमा सुधार, निक्षेप सङ्कलन २५ अर्बले बढ्यो

NIMB
Himalayan Bank

काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ। गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन २५ अर्बले बढेको हो।

नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो। पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल रु ४७ खर्ब १६ अर्ब निक्षेप रहेकामा माघ २९ गते निक्षेप बढेर रु ४७ खर्ब ४१ अर्ब पुगेको हो।

सङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघको पहिलो साता निक्षेप रु आठ अर्बले घटेर रु ४७ खर्ब आठ अर्ब पुगेको थियो। पहिलो साता घटेको निक्षेप दोस्रो साता १२ अर्ब, तेस्रो साता रु तीन अर्ब र चौथो सातामा रु चार अर्बले बढेको थियो। माघको बाँकी दुई दिन माघ २८ र २९ गते थप रु १४ अर्बले निक्षेप बढ्दै रु ४७ खर्ब ४१ अर्ब पुगेको हो।

माघ महिनामा निक्षेप बढ्दा कर्जातर्फ भने बैंकहरूको खासै लगानी बढ्न नसकेको पाइएको छ। गत पुस महिनामा बैंकले ४२ खर्ब ७८ अर्ब लगानी गरेका थिए। पुस महिनाको तुलनामा माघ महिनामा रु १२ अर्ब बराबरको मात्र कर्जा प्रवाह भएको छ। माघमा बैंकहरूले रु १२ अर्ब कर्जा बढाएर रु ४२ खर्ब ९० अर्ब बराबर कर्जा प्रवाह गरेका छन्। माघ २७ गतेसम्म बैंकको कर्जा रु ४२ खर्ब ८७ अर्ब रहेको थियो।

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम...

वि.सं.२०८३ साउन २० बुधवार १६:२७

  काठमाडौं । मनसुनका बादलहरूले देशभर ऊर्जा प्रवाह गरिरहेका बेला...

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश...

वि.सं.२०८३ साउन २० बुधवार ११:१८

  काठमाडौं । नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले आर्थिक...

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...