CG Electronics
IME Life
NIMB

महासंघको प्रदेशमा उमेशलाल समुहको क्लिनस्वीप, ७ वटै प्रदेशमा चुनिए सर्वसम्मत प्रदेश अध्यक्ष

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरुमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार समर्थित अध्यक्षहरु सर्वसम्मत निर्वाचित भएका छन् । बिहीसम्म ७ वटै प्रदेशको नेतत्व चयन हुँदा सबै प्रदेशमा उमेशलाल समुह समर्थित व्यक्तिहरु प्रदेश अध्यक्षमा चयन भएका छन् ।

महासंघको कोशी प्रदेशमा आजै मात्र राजेन्द्र राउत सर्वसम्मत अध्यक्षमा चयन भएसँगै सबै प्रदेशमा उमेशलाल समर्थित व्यक्तिहरु चयन भएका हुन् । सुरुमा कर्णाली प्रदेशमा पदमबहादूर शाही सर्वसम्मत रुपमा अध्यक्ष भएका थिए भने लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका थिए । यसैगरी सोही समुहबाट वागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मत अध्यक्ष चयन हुँदा सुदूर पश्चिम प्रदेशमा शंकर बोगटी सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् । महासंघको मधेष प्रदेशमा पनि उमेश समुहबाटै अशोक टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

यसैगरी गण्डकी प्रदेशमा पनि गोलाप्रथाबाट उमेशलाल श्रेष्ठ समुहकै अमृत भट्टचन अध्यक्षमा निर्वातिच भएका छन् । महासंघको प्रदेश अधिवेशनमा ७ वटा प्रदेशमा उमेश र दिनेश श्रेष्ठ समुहले अध्यक्षमा उम्मेदवारी उठाउँदा वरिष्ठ उपाध्यक्षमा अन्य प्रत्यासीले भने आआफ्नो तर्फबाट उम्मेदावर उठाउन सकेका थिएनन् ।

वरिष्ठ उपाध्यक्षमा आफ्नो दावेदारी प्रस्तुत गर्दै आएका हालका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले वरिष्ठमा उमेशलाल श्रेष्ठलाई समर्थन गर्दै आफु पुनः उपाध्यक्षमै उठ्ने घोषणा गरेकाले उनको वलियो भएको एक जिल्ला अध्यक्षले जानकारी दिए । ‘व्यवसायीका हरेक समस्यामा साथ दिने भएकाले पनि जिल्लार नगरमा दिनेश दाईको राम्रो प्रभाव रहेको छ,’ एक जिल्ला नगर अध्यक्षले भने, ‘उमेश दाई र दिनेश दाई मिलेर एउटै टीम भएपछि मतका आधारमा जिल्ला नगर सबैभन्दा बलियो बनेको छ ।’

विशेषगरी जिल्ला नगरमा महासंघको प्रदेश अध्यक्षहरुको ठूलो प्रभाव भुमिका हुने भएकाले सबै प्रदेशमा उमेश समुहका अध्यक्षहरु चयन हुँदा त्यसले आगामी दिनमा हुने महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको पकड राम्रो हुने सम्बद्ध जिल्ला अध्यक्षहरु नै बताउँछन् । ‘अहिले महासंघ अन्तरगत प्रदेशको निर्वाचत हेर्दा उमेशलाल श्रेष्ठको ठूलो प्रभाव रहेको देखिएको छ,’ एक जिल्ला अध्यक्षले भने, ‘वरिष्ठ उपाध्यक्षका अन्य प्रत्यासीले उमेशलाल श्रेष्ठको समुहको विरुद्ध आफ्नो अध्यक्ष उठाउन नसक्नु नै उनीहरु जिल्ला नगरमा कमजोर रहेको देखाउँछ ।’

वरिष्ठ उपाध्यक्षमा जिल्ला नगरको मत भार ५० प्रतिशत रहन्छ भने एसोसिएट्सको ३० र बस्तुगतको २० प्रतशित मतभार रहन्छ । जसका कारण वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि जिल्ला नगरको ठूलो भुमिका रहन्छ ।

यसैगरी उमेशलाल श्रेष्ठलाई महासंघको पूर्व अध्यक्ष चण्डीराज ढकाल, विनोद बहादूर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत समेतको साथ रहेको सम्बद्ध जिल्ला अध्यक्षहरु बताउँछन् । साथै महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफुलाई साथ रहेको उमेशलाल श्रेष्ठले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...