CG Electronics
IME Life
Ncell NPL

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठद्वारा उम्मेदवारी घोषणा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठद्वारा उम्मेदवारी घोषणा
उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले, उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले, महासङ्घमा राजनीति मौलाएकाले स्वतन्त्रता पूर्वक नेपाली उद्योग वाणिज्य क्षेत्रको हितमा काम गर्न आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

उनले साना र मझौला उद्योगी व्यवसायीको समस्यामा खासै सुनुवाइ नहुने गरेकाले आफूले उनीहरुका आवाजको सम्बोधनका लागि पनि महासङ्घको नेतृत्व गर्न चाहेको दाबी गरे ।

उनले भने ‘विगत दुईचार कार्यकालदेखि महासङ्घमा इन्ट्रेस्ट ग्रुप छिर्न लागेको, र साना तथा मझौला उद्यमीको खासै सुनुवाइ नभएको कारणले गर्दा, म आफूलाई मझौला ठान्छु र म धेरै तलदेखि माथि आएको मान्छे हुँ ।

सबै समस्या बुझेको छु, हल गर्ने तरिका पनि थाहा छ। म आफ्नो सेल्फ इन्ट्रेस्ट लिएर जाँदिन ।’

आफ्नो उम्मेदवारी घोषणा गर्दा श्रेष्ठले महासङ्घमा जाँदा निस्वार्थ रुपमा काम गर्ने जिकिर गरे । महासङ्घमा जाँदा सबैले निस्वार्थ काम गर्छु नै भन्छन्, तपाईँलाई विश्वास गर्ने आधार के हो भन्ने प्रश्नमा उनले भने, ‘म निस्वार्थ काम गर्ने मान्छे हुँ । अहिले भर्खर छिरेको होइन । म चेम्बर आन्दोलनमा विगत तीस वर्षदेखि छु ।’

श्रेष्ठले लामो समयदेखि भूँई मान्छेबाट यहि क्षेत्रमा कार्य गर्दै आएकोले आम उद्योगीको विश्वास नै आफ्नो चुनाव जित्ने बलियो आधार भएको बताएका छन् ।

महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः पछिल्लो कार्यकालको अध्यक्ष रहने व्यवस्था रहेकाले यो पद विशेष मानिन्छ ।

आगामी २८ चैतमा हुने महासङ्घको महासभा तथा अधिवेशनबाट उपाध्यक्ष चयन हुने व्यक्तिले अर्को कार्यकाल (सन् २०२६–२९) को नेतृत्व चयन गर्नेछ ।

श्रेष्ठले आगामी कार्यकाल ढकाल नेतृत्वको महासङ्घलाई सफल बनाउने र अर्को कार्यकालमा आफ्ना कार्य योजना कार्यान्वयन गर्ने बताउँदै आएका छन् ।

महासंघमा हालका वस्तुगततर्फको उपाध्यक्ष अञ्जन श्रेष्ठ, उद्योगतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठ, एशोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघाईले पनि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेवारी दिने बताउँदै आएका छन् ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...