CG Electronics
IME Life
Ncell NPL

धरहरा पुनर्निर्माणको १९ प्रतशित काम अझै बाँकी, चार पटक म्याद थप्दा पनि काम पुरा भएन

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

(रीता बोलखे/नेपाल न्यूज बैंक)
काठमाडौं । निर्धारित समयभित्रै काम सम्पन्न भएको भए यतिबेला धरहरा सर्वसाधरणका लागि खुला भइसकेको हुने थियो । तर, ठेकेदार कम्पनीले चौथो पटक म्याद थप गर्दा पनि निर्माणको काम पुरा गर्न सकेको छैन ।

१२ बैशाख २०७२ को भुकम्पले ध्वस्त धरहराको पुनर्निर्माण सुरु भएको ४ वर्ष बितिसकेको छ । यस अवधिमा ४ पटक म्याद थप भइसकेको छ । तर, पुनर्निमाणको काम अझै १९ प्रतिशत बाँकी छ । धरहार पुनर्निर्माण गर्ने जिम्मा पाएको भवन विभागस्थित आयोजना कार्यान्वयन इकाईका निर्देशक कोशनाथ अधिकारीले १९ प्रतिशत काम अझै बाँकी रहेको बताए ।

उनले भने,‘धरहरा पुनर्निर्माणको १९ प्रतिशत काम बाँकी नै छ । काम सक्न यसअघि चार पटक म्याद थप भयो । तर, काम सकिएन । फेरी पनि म्याद थप गर्नु पर्ने अवस्था आएको छ ।

अब म्याद थप गर्दा पाचौं पटक पुग्छ होला ।’
इकाईका निर्देशक अधिकारीले ठेक्का सम्झौता हुँदा बखतको नक्सा बाहेक पनि संरचना थप गर्नु पर्ने भएको हुँदा पुनर्निर्माण कार्य ढिला भएको बताए । उनले भने,‘हामीले जुन नक्सा अनुसार ठेक्का सम्झौता गरेका थियौं, त्यही अनुसार काम भएको भए यतिबेला सकिसक्थ्यो । तर, पछि नक्सा बाहेक पनि संरचना थप गर्नु प¥यो । सल्लाह अनुसार नै संरचना थप गरिएको हो । त्यसो हुँदा निर्माण कार्य ढिला हुन पुग्यो ।’

तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणका लागि १४ असोज ०७५ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार दुई वर्षमा काम सक्नु पर्ने थियो ।

तर, निर्धारित समयभित्र काम नहुँदा १६ असार ०७८ मा पहिलो पटक म्याद थप भयो । उक्त अवधिमा पनि काम पुरा हुन सकेन । त्यसपछि, १० पुष ०७८ मा दोस्रो पटक म्याद थप भयो । तर, काम पुरा हुन सकेन ।

त्यसपछि ३० चैत ०७८ तेस्रो र ३० पुस ०७९ मा चौथो पटक पटक म्याद थप भयो । पुनर्निर्माणको काम अझै १९ प्रतिशत बाँकी छ । त्यसो हुँदा इकाई पाँचौ पटक म्याद थपको तयारीमा छ ।

निर्माण कार्य पुरा नहुँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १२ बैशाख ०७८ मै धरहराको उद्घाटन गरिसकेका छन् । इकाईका निर्देशक अधिकारीका अनुसार कर्मचारी सञ्चय कोषसँग जग्गाको विवाद हुँदा पनि पुनर्निर्माणको काम प्रभावित भएको हो ।

धरहरा र काठमाडौं मलको बीच भागस्थित उपागु मार्गमा पक्की सडक निर्माण गर्ने योजना छ । सोही स्थानमा उपगु मन्दिर पनि बनाउने योजना छ । कोषसँगको विवाद सोही जग्गाका लागि हो ।

मल कोषको स्वामित्व रहेको छ ।
इकाई निर्देशक अधिकारीले भने,‘पुनर्निर्माणको ८१ प्रतिशत काम सकिएको छ । अब बाँकी १९ प्रतिशत काम काठमाडौं मल र धरहराको बिच भागमा छ । जहाँ जग्गाको विवाद छ । उक्त ठाउँमा सडक र मन्दिर बनाउने योजना छ । तर, कोषले उक्त जग्गा आफ्नो दाबी गरिरहेको छ ।

विवाद मिलेको छैन । त्यसो हुँदा काम ढिला हुन पुगेको छ ।’
तर, इकाईले लगाएको आरोप गलत रहेको कर्मचारी सञ्चय कोषको दाबी छ । बरु, इकाईले नै सम्झौता अनुसारको कार्य नगरेको कोषको भनाई छ । कोषका सुचना अधिकारी दामोदर सुवेदीले धरहार निर्माणमा जग्गा प्राप्तीको बिषयलाई लिएर इकाईले लगाएको आरोप गलत रहेको बताए ।

 

उनले भने,‘कोषको कारण धरहरा निर्माण ढिला भयो भन्नु गलत हो । सरोकारवाला निकायबीच आपसी सहयोग र समन्वयमा एकमुष्ठ सम्बोधन हुन सके कुनै समस्या नै छैन ।’

कोषका अनुसार इकाईले उल्टो जग्गा सट्टापट्टा हुँदा बखतको सहमति कार्यन्वयन गरेको छैन । मन्त्रीपरिषद् निर्णय अनुसार कोषको भवनको दक्षिणतर्फस्थित ‘बी ब्लक’ले ओगटेको ८ सय ७२ दशमलव ६ वर्गमिटर जग्गा धरहरा पुनर्निर्माणका लागि दिने र त्यस बापत धरहाराले तत्कालिन गोश्वारा हुलाक कार्यालय मुल सडकसँगै जोडिएको पाँच सय ३३ दशमलव ८९ वर्गमिटर जग्गा कोषलाई दिने सहमति थियो । सहमति अनुसार जग्गा सट्टापट्टा भएको तर, भत्काईएका भवन इकाईले अझैसम्म मर्मत नगरेको कोषको भनाई छ ।

कोषका सुचना अधिकारी सुवेदीले भने,‘कोष र इकाईबीच जग्गा सट्टापट्टा गर्ने सहमति भयो । जग्गा खाली गराउन इकाईले कोषको भवन भत्कायो । तर, सँगै जोडिएको भवन मर्मत गरेन । त्यसो हुँदा कोषको स्वामित्वमा रहेको काठमाडौं मलको दक्षिणतर्फको भवन विरुप अवस्था छ । सहमति अनुसार उक्त भवन इकाईले नै मर्मत गर्नु पर्ने छ ।’
कोषको स्वामित्वमा सुन्धरामा सबै गरी ४ हजार ८ सय ७२ दशमलव ६९ बर्गमिटर जग्गा रहेको छ । ५ रोपनी क्षेत्रफलमा सिमित रहेको धरहरा अहिले भने ४२ रोपनी क्षेत्रफलमा पुनर्निर्माण हुँदैछ ।

 

सुन्धारामा प्राकृतिक प्रकृयाबाट पानी बगाउने चुनौती
धरहरास्थित सुन्धारामा मेलम्चिको पानी बगाउने इकाई योजना थियो । तर, धारामा प्राकृतिक प्राकृयाबाटै पानी बगाउनु पर्ने माग भएपछि इकाई अप्ठ्यारोमा परेको छ । विगतमा उक्त धारामा पाइपकै पानी प्रयोग भएको थियो । अहिले त्यो पानी पनि सुकिसकेको छ । प्राकृतिक प्रकृयाबाटै पानी बगाउन विज्ञसँग छलफल भइरहेको इकाईका निर्देशक अधिकारीले जानकारी दिए ।

 

उनले भने,‘सुन्धारमा मेलम्ची र बोरिङबाट तानेको पानी प्रयोग गर्ने योजना थियो । तर, पछि ‘नेचुरल प्रोसेस’बाटै उक्त धारामा पानी बगाउनु पर्ने माग भयो । ‘नेचुरल प्रोस्रेस’बाट पानी तब आउँछ जब, धाराभन्दा ‘वाटर लेबल’ माथि हुन्छ । त्यसैको खोजीमा विज्ञ जुटेका छन् ।’

इकाईका अनुसार धारा प्रयोगपछि फोहर पानी निकास हुने पाइप १५ फिट गहिरोमा छ । धारामा प्राकृतिक प्रकृयाबाटै पानी बगाउने काम ३० महिनाभित्र सक्ने सम्झौता भइएको इकाईको भनाई ।

इकाई कार्यालयका अनुसार अझै धरहरामा संग्रहालय निर्माणको काम बाँकी छ । अहिले उक्त काम दु्रत गतिमा अघि बढेको छ । निर्माण क्षेत्रमा विद्युतको तार र खानेपानीको पाइप व्यवस्थापनको काम पनि बाकी छ । सम्वन्धित निकायले समयमै व्यवस्थापन नगर्दा काम गर्न अप्ठ्यारो परेको इकाईको भनाई छ ।

धरहरा पुनर्निर्माणको लागत रकम ३ अर्ब ४९ करोड रुपैयाँ छ । जसमध्ये ७० प्रतिशत रकम भुक्तानी भइसकेको छ । ५ रोपनी क्षेत्रफलमा रहेको धरहरा परिसर अहिले ४२ रोपनीमा फैलिएको छ । पुनर्निर्माणपछि धरहराको ‘अण्डरग्राउण्ड’मा भब्य ‘पार्किङ’ बन्दै छ । ‘पार्किङक’मा एकै पटक चार पाङ्ग्रे सवारी साधन ३ सय ४७ र मोटर साइकल ७ सय अटाउने छन् ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...