nic bank
himalayan everesat
Nmb bank

पार्टी छाडेको स्वर्णिम वाग्लेको घोषणा : कांग्रेस दाइ–भाउजु–साला–भतिज गिरोहमा परिणत भएको आरोप

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

 

 

काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टी परित्यागको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पोस्टमा उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने समेत बताएका छन् ।

‘सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु ।’ उनले फेसबुकमा लेखेका छन् ।

कांग्रेस र कम्युनिष्टमा रहेका तथा स्वतन्त्र सम्पूर्ण नेपालीको बलियो वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण आजको आवश्यकता हो भन्दै उनले नयाँ दलबाट राजनीति थाल्ने संकेत गरेका छन् ।

उनले लेखेका छन् ‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।’

जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल कांग्रेस अहिले अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुँदै गएको उनको आरोप छ ।

यस्तो छ उनको फेसबुक स्टाटस

नेपाली काँग्रेसबाट अलग भएको घोषणा

वि. स. २०४२ सालको ’सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें। विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ ।

तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।

अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ। सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ’यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल।

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...