CG Electronics
IME Life
Ncell NPL

नेपाल लाइफद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनील वि.सं.२०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

आज मिति २०७९ साल चैत्र १६ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गर्नु भएको हो । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।

“किनकी जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनी कोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना ८ वटा प्रादेशिक कार्यालय र १८४ वटा शाखा तथा उपशाखाहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५ हजार नयाँ रोजगारी थपिने अपेक्षा

सीमामा सरकारको कडाइले बिस्कुट उद्योगी उत्साहित, ५...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:५६

  काठमाडौं । सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाइ र...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार कित्ता आईपीओ निष्काशन हुँदै

माउन्ट एभरेष्ट पावरको २५ लाख ८० हजार...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:५१

  काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी वैशाख...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

नेपाल लाइफको २५औँ वर्षमा बीमालेख नवीकरणमा विलम्ब शुल्क पूर्ण छुट

नेपाल लाइफको २५औँ वर्षमा बीमालेख नवीकरणमा विलम्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०७:४७

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको...

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा, २०औं वर्षमा प्रवेश

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १९ वर्ष पूरा,...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४९

  काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ले स्थापना भएको १९...