CG Electronics
IME Life
Ncell NPL

सुपथ मूल्यमा उपभोक्तालाई पिउने पानी उपलब्ध गराउने मन्त्री खानको प्रतिबद्धता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले, पानीमा धनी देशका जनताले पिउने पानीका लागि महँगो पैसा तिर्नु पर्ने बाध्यता दुर्भाग्य हो भनेका छन् ।

सिंहदरबारमा खानेपानी निःशुल्क खुवाउने कार्यक्रमको उद्घाटन गर्दै, अब नेपालीलाई सुपथ मूल्यमा पिउने पानी उपलब्ध गराउनु आफ्नो मुख्य लक्ष्य हुने उनको भनाई छ । पानीको मूल्य घटाउनुको विकल्प नभएको उनको भनाई छ ।

 

उनले भने ‘पानीमा देश धनी भएको हाम्रो देशको जनताले पानी यति महँगो तिरेर खानु पर्ने कुरा दुर्भाग्य हो, यसको लागि हामी लागि परेका छौ । यसको मूल्य घटाउनु पर्छ त्यसमा दुई मत छैन ।’

मेलम्चीको पानी सम्पूर्ण सरकारी निकायहरूमा खुवाउने घोषणा र प्रतिबद्धता पूरा गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे ।

उनले उपत्यकाभित्र र देशभर खानेपानीको समस्या समाधान गर्न एउटा कार्य योजना बनाएको र उक्त योजनामा काम गर्न सक्ने हो भने देशमा पानीको समस्या समाधान हुनुका साथै निर्यात पनि गर्न सकिने दाबी गरे ।

‘मैले योजना बनाएको हिसाबले काम गर्न सक्ने हो भने २ वर्षमा काठमाडौं उपत्यका भित्रको पानीको समस्या समाप्त पार्ने, ३ वर्षभित्रमा हिमाल पहाडमा जुन पानीको समस्या छ, स्वच्छ खानेपानी समस्या समाप्त पार्ने, ५ वर्षमा हाम्रो देशको खाने पानी विदेशमा पनि निर्यात गर्ने हाम्रो योजना छ ।

उक्त योजनामा काम गर्न, ३ देखि ५ महिना भित्र बोतल र जारको पानीको मूल्य कम गर्ने छौ ।’ उनले भने
नेपाल सरकारले गरेको प्रतिविद्धता अनुसार एक घर एक पानीको धाराको हिसाबले काम अगाडि बढि रहेको पनि उनको भनाई छ ।

उनले सार्वजनिक स्थान, अस्पताल, बसपार्क एयरपोर्टमा निःशुल्क पानी वितरण गर्ने कार्य योजना अघि बढेको बताए ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...