CG Electronics
IME Life
Ncell NPL

रास्वपाले कुनै पार्टीसंग एकीकरण गर्नेबारे कुरै भएको छैन :  उपसभापति  अर्याल 

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीसंग पार्टी एकताका विषयमा कुनै कुरा नभएको स्पष्ट पारेका छन् ।

 

उनले वैशाख १० गते हुने उपनिर्वाचनपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र रमेश खरेल नेतृत्वको सुशासन पार्टीबीच पार्टी एकता हुने भनेर बाहिर आएको कुरा सत्य नभएको बताए ।

 

उनले भने ‘रास्वपाको कुनै पार्टीसंग एकीकरण भन्ने विषयमा कुनै कुरै भएको छैन ।’

 

उप चुनावमा नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेलले बारा क्षेत्र नम्बर दुई बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

 

पार्टीको तर्फबाट खरेलले उपचुनाव लड्न सक्ने कुरालाई भने उनले नकारेनन् । तर पार्टी एकताको लागि कुनै पनि कुरा नभएको उनले स्पष्ट पारे ।

उनले भने ‘उपनिर्वाचनका लागि उहाँ सदस्यता लिएर पार्टी सदस्यको हैसियतले उपनिर्वाचनमा जान पाउनुहुन्छ । तर, रास्वपाले अहिले कुनै पार्टीसंग एकीकरण गर्ने भन्ने कुरै उठेको छैन ।’

खरेलले बारा क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवारी दिने तयारी गरिसकेका छन् । यसअघि खरेल मङ्सिरमा भएको निर्वाचनमा आफ्नै पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनाव लडेपनि कांग्रेस नेता प्रकाशमान सिंहसंग पराजित भएका थिए ।

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...