IME Life
NIMB

तेस्रो राष्ट्रिय सहकारी सम्मेलनको तयारी पुरा : करिब एक हजारको सहभागिता रहने आयोजकको दाबी

NIMB
Himalayan Bank

 

काठमाडौं । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा तेस्रो राष्ट्रिय सहकारी सम्मेलन हुने भएको छ ।

राष्ट्रिय सहकारी महासङ्घले मङ्गलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको तयारी पुरा भएको जानकारी दिएको हो ।

तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनका संयोजक महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन भन्ने नाराका साथ सम्मेलनको आयोजना गरिएको जानकारी दिइन् ।

उनले भनिन् ‘सहकारीको दिगोपनाका लागि स्वनियमन तथा सुशासन भन्ने थिमकासाथ हुने तेस्रो राष्ट्रिय सहकारी महासम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराउँदछौ। यो महासम्मेलनलाई एसिया प्यासिफिकका देशहरूले समेत महत्त्व दिइरहेका हुँदा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ एसिया प्रशान्त क्षेत्र र नेडाकको बैठक समेत महासम्मेलनको अवसर पारेर काठमाडौँमा नै आयोजना हुने भएको छ । ’

महासम्मेलनमा करिब १ हजार जनाको सहभागिता रहने छ । ११ वटा विषयमा सम्मेलनमा छलफल हुने बताइएको छ । कार्यक्रमको पूर्व प्रधानमन्त्री केपी ओलीले पर्सी २३ गते उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा पूर्व अर्थमन्त्री, मन्त्रीहरू पूर्व गभर्नर , सचिवहरूसहित अन्तर्राष्ट्रिय सहकारी विज्ञहरू लगायत अस्ट्रेलिया, जापान, भारत लगायतका विज्ञहरू समेत सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

हाल नेपालमा झन्डै ३१ हजार सहकारी संस्था छन् । ३० हजार ८ सय ७९ प्रारम्भिक सहकारी संस्था, ३ सय ११ जिल्ला स्तरीय सहकारी सङ्घहरू ९ प्रदेशस्तरीय तथा १८ विषयगत सहकारी सङ्घ तथा एउटा राष्ट्रिय सहकारी बैङ्क रहेको महासङ्घले जनाएको छ ।

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी   च्याम्पियन

डीएभी कर्पोरेट फुटसल–२०२६ सम्पन्न, काठमाडौं उपत्यका खानेपानी...

वि.सं.२०८३ साउन २१ बिहीवार ११:२६

  काठमाडौं। डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्स सोसाइटी नेपाल...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात, सबैभन्दा धेरै प्राडो

नेपालमा एक वर्षमा १३१ युनिट टोयोटा आयात,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:४०

  काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा टोयोटा...

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन चिनियाँ ब्रान्ड, बीवाईडी छैटौं स्थानमा

विश्वका शीर्ष १० कार निर्माता कम्पनीमा तीन...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:३३

  काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा चिनियाँ कम्पनीहरूको प्रभाव तीव्र...

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’, ३.६ सेकेन्डमै १०० किमि गति

बीवाईडीले ल्यायो हालसम्मकै विलासी एसयूभी ‘याङवाङ यू८एल’,...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:२८

  काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले आफ्नो प्रिमियम ब्रान्ड...

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुने

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, नाइमा...

वि.सं.२०८३ साउन २१ बिहीवार ०९:१७

  काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...