CG Electronics
IME Life
NIMB

सूचना लुकाउने राजविराजका अधिकृत निरन्जनलाई ७ दिनभित्र जवाफ पठाउन आयोगको आदेश

NIMB
Himalayan Bank

 

 

राजविराज । सूचना लुकाउने सप्तरीको राजविराज नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश दिएको छ ।

पत्रकार सौरभ यादवले आयोगमा दिएको पुनरावेदनमाथि प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको चैत्र २९ गते बसेको संयुक्त इजलासले सो आदेश दिएको हो ।

पत्रकार यादवले नगरपालिकामा उपलब्ध रहेको सवारी साधन (चालु,ठप्प,र हाल मर्मत )को विवरण,आर्थिक वर्ष ०७८र०७९ र हालसम्म इन्धन र सवारी मर्मतमा खर्च भएको रकमसहितको विवरण,आब ०७८र०७९ र हालसम्म खर्चिएको कुल बजेट ९ योजना शिर्षक अनुसार ०को विवरण सहितको भौतिक प्रगति विवरण, आर्थिक वर्ष ०७८र०७९ र हालसम्म फोहोर व्यवस्थापन र सरसफाई शिर्षकमा खर्चिएको बजेट विवरण, नगरपालिकामा रहेको दरबन्दी र हाल कार्यरत रहेको कर्मचारीहरु (स्थायी, अस्थायी, करार र डोर हाजिर) को नाम र ठेगाना सहितको विवरण,जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको सवारी साधन ९सवारी नम्वर र जनप्रतिनिधिको नाम उल्लेखित० विवरण । सवारी फिर्ता गरेको भए सोको विवरण माग गरी सूचना दर्ता गराएका थिए ।

 

त्यस्तै, सडक बोर्डवाट खर्चिएको कुल बजेट (योजना शिर्षक अनुसार )को विवरण सहितको भौतिक प्रगति विवरण,तिन आर्थिक वर्ष र हाल सम्म औषधी र सेनेटरी प्याडको मूल्य उल्लेखित विवरण र खरिद गरिएको प्रक्रियाको आवश्यक कागजात,आर्थिक वर्ष ०७९÷८० को हालसम्म खर्चिएको कुल बजेट (योजनाको शिर्षकअनुसार)को विवरण सहित भौतिक प्रगति विवरण माग पनि यादवले माग गरेका थिए ।

गत माघ २२ गते नगरपालिकाका सूचना अधिकारी सुरेशकुमार यादवसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै यादवले गत फाल्गुन २६ गते निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवसँग सूचना मागेका थिए । तर, प्रमुख प्रशासकीय अधिकृत यादवले पनि तोकिएको समयभित्र सूचना नदिएपछि पत्रकार यादवले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका थिए ।

आयोगमा फाल्गुन २७ गते पुनरावेदन दर्ता भएको थियो भने ९४२ र०७९र८० नम्वरको मुद्दामा निर्णय हुँदै निमित प्रमुख प्रशासकीय अधिकृत यादवलाई दफा १० (२) बमोजिम ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको हो ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...