CG Electronics
IME Life
NIMB

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्नेमा अर्थमन्त्री डा. महतको जोड

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा। प्रकाशशरण महतले बधाइ तथा शुभकामना दिएका छन् । नवनिर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा। महतले सफल कार्यकालको शुभकामना दिएका हुन् ।

वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ । तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौं, केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्नेमा अर्थमन्त्री डा। महतले जोड दिए । उनले भने, ‘महासंघको नेतृत्व बैंकर्सको हातमा पुगेको छ, देशको अर्थ व्यवस्थाबारे जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौं । यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो । सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता पर्दैन, अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ ।’

 

‘सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौति छ’, डा। महतले भने, ‘हामी नीतिगत रुपमा धेरै कुरा भनेका छौं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।’

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तदम्य नहुँदा कतिपय समस्या सिर्जना भएको छ । बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानुपर्थ्यो । तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो । हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौं, अहिलेको परिवेशमा त्यो महत्वपूर्ण भएको अर्थमन्त्री डा। महतले बताए ।

 

यही पृष्ठभूमिमा राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल आफूले गरेको भन्दै डा। महतले भने, ‘आर्थिक सूचांक अब सकरात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिले चासो राखेको हुन्छ । उनीहरुको सल्लाह सुझावमा पुराना नीतिहरु समय सापेक्ष बनाउने पहल गरिएको हो ।’

निजी क्षेत्रले पनि वास्ताविकता यो हो भन्नुहोस्, मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा। महतले बताए । ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखियो । अहिले बैंकर्स एसोसियसनले ब्याजदरमा हेरेफेर गरेको छ, यसले अहिलेको अप्ठ्यारालाई थोरै भए पनि सहज गर्न मद्दत गर्न सक्छ ।

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...