CG Electronics
IME Life
Ncell NPL

अपि पावर कम्पनी चर्च ब्वाइज युनाइटेडको मुख्य प्रायोजक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र शहिद स्मारक “ए” डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड बीच मुख्य प्रयोजक  लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अपि पावर कम्पनी लिमिटेडको तर्फबाट कम्पनीको कार्यकारी संचालक संजिव न्यौपाने र चर्च ब्वाइज युनाइटेडको तर्फबाट क्लबका अध्यक्ष टंकलाल राई बीच एक वर्षको लागि आज मिति २०८०÷०१÷२६ मा ९मंगलबार० अपिपावर कम्पनी लिमिटेडको प्रधानकार्यलयमा सम्झौता सम्पन्न भएको हो ।

यसका साथै अबउप्रान्त यस क्लबले अपि पावर चर्च ब्वाइज युनाइटेडको नामबाट विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुनेछ । क्लबको पूर्वाधार विकास तथा खेलाडीको स्तरोन्नतीको लागि अपिपावर कम्पनी लिमिटेडले चर्च ब्वाइज युनाइटेडलाई सहयोग गर्ने छ ।

छोटो समयमा शहिद स्मारक “ए” डिभिजन खेल्न सफल चर्च ब्वाइज युनाइटेडलाई थप उचाईमा पु¥याउन सफल साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा थप सफलता हासिलगर्ने उदेश्यका साथ सम्झौतामा हस्ताक्षर भएको छ । नेपालको फुटबललाई नयाँ उचाइमा लैजानुका साथै खेलाडीलाई प्रोत्साहन गरी क्वबको संरचना बलियो बनाउने सहमति भएको छ ।

कम्पनीले खेलकुदको माध्यमबाट मुलुकको आर्थिक एवं सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग उपलब्ध गराउने भएको छ ।

 

नेपाल स्टक एक्सचेन्जमा सुचिकृत यस अपि पावर कम्पनी लिमिटेडको हालदुई वटा जलविद्युत र दुई वटा सौर्य आयोजना सहितपाँच वटा आयोजना संचालनमा रहेको र ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

नेपालको उर्जा क्षेत्रको प्रख्यात संस्था अपिपावर कमपनी लिमिटेडले देशमा प्रशस्तमात्रामा उपलब्ध पानी र नविकरणीय श्रोतको उपयोग गरी विद्युत उत्पादनगरि देशलाई उर्जामा आत्मनिर्भर बनाउने उदेश्य बोकेको छ । राष्ट्रको एक जिम्मेवार संस्थाको नाताले सामाजिक रुपान्तरण, युवाश सक्तिकरण तथा खेलकुदको दिघो विकासमा अपिपावर कम्पनी लिमिटेडले विभिन्न कार्यक्रम तथा सहयोग गर्दै आएको छ ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...