गण्डकी प्रदेश मन्त्रिपरिषद्को विस्तार, सपथसंगै आज सबैकोक जिम्मेवारी तोकिने
Saturday May 13, 2023
वि.सं.२०८० वैशाख ३० शनिवार १६:०९
पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषदको दोस्रो पटक बिस्तार भएको छ । विस्तारित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ ।
पछिल्लो पटक आज गरिएको मन्त्रिपरिषद् विस्तारमा ४ जना थपिएका छन् । जस्मा कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा,एकीकृत समाजवादीबाट राजीव गुरुङ र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।
उनिहरुको सपथ कार्यक्रम आज अपरान्ह ४ बजेका लागि राखिएको छ । उनीहरुलाई तोकिएको मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने जानकारी गराइएको छ ।
वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।
गत बैशाख १५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।




























