CG Electronics
IME Life
Ncell NPL

नेताहरुले देश बेचेको पैसा विदेशमा लगेर राखेका छन् : व्यवसायी प्रसाईँ

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले ३२ खर्ब रुपैयाँ देशबाट पलायन भएको दाबी गरेका छन् ।
शनिवार काठमाडौँको पेरिसडाँडामा पत्रकार सम्मेलन गरी उनले नेताहरुले देश बेचेर पैसा दुबईलगायत विभिन्न मुलुकमा राखेको दाबी गरे ।

उनले नेताहरुले भ्रष्टाचार गरेर ३२ खर्ब रुपैयाँ भन्दा धेरै विदेशमा राखेको जिकिर गरे ।
उनले भने ‘३३ किलो सुनको पैसा दुबईको यो कम्पनीमा पेमेण्ट भएको छ । लिगल्ली रूपमा पेमेण्ट भएको छ । एस्कोडा ट्रेडिङ कन्सर्न भन्ने कम्पनीमा पेमेण्ट भएको छ । ग्यालेक्सी कम्पनी भन्ने हङकङमा छ एउटा त्यसको एडभान्स रेमिटेन्स भन्ने शाखा नेपालमा छ । ३२ खर्ब रुपैयाँ यो देशबाट पलायन भएको छ । ’

उनले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको पनि बताए ।
‘दुर्गा प्रसाईं सय कदम अघि रहेछ नि त यी राजनीतिज्ञभन्दा यहाँ अब अमेरिकी सेना छिटै आउँदैछन् ।’ उनले भने ।
आफूले यसअघि नै उठाएको एजेण्डालाई एमालले अहिले उठाएको उनको तर्क छ । ‘ मैले जुन माग राखेँ नि अहिले एमालेले पनि त्यही माग राख्यो होइन, संघीयता खारेज गर्नुपर्छ भन्ने ।’

उनले नक्कली शरणार्थी प्रकरणमा सबै दलका नेताहरु संलग्न रहेको दाबी गरे । नेपाली कांग्रसका महामन्त्री गगन थापाले नक्कली शरणार्थी प्रकरणमा खुलेर अभिव्यक्ति नराखेको भन्दै प्रसाईँले थापाको समेत सो प्रकरणमा संलग्नता हुन सक्ने आशंका गरे ।

उनले भने ‘भुटानी शरणार्थी भनेर चीनका जनतालाई पनि पठाएको छ अब अमेरिकाले यीनलाई छोड्छ त ? त्यही कारण यो विषय उठेको हो ? यो विषयमा गगन थापा किन चुप हुनुन्छ ? त्यहाँ पनि रहस्यको कुरा छ । यसमा सबै दलका नेताहरु मिलेका छन् । संसदमा भएका दलका टाउकेहरू सबै मिलेर भाग लगाएर खाएका छन् ।’

 

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...