CG Electronics
IME Life
Ncell NPL

समाचार लेखेकै निहुँमा एक समूहले पत्रकारलाइ ज्यान लिने धम्की

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । समाचार लेखेकै निहुँमा एक समूहले मलाई ज्यान लिने धम्की दिएको छ ।

पूर्व पत्रकार तथा राष्टिय प्रजातन्त्र पार्टी(राप्रपा) दोलखाका समापति राजनबहादुर सिवाकोटीका साथ आएका दुइ जनामध्ये एकजना व्यक्तिले सोमबार साँझ हिमालय टाइम्सको कार्यालयमै आएर ‘जथाभावीरुपमा समाचार लेख्ने तपाई नै होइन’ भन्दै धम्क्याएका थिए ।

सिन्धुज्वाला हाइड्रोपावर कम्पनीमा भएको आर्थिक घोटालामा दोलखा जिल्लाका राप्रपा अध्यक्ष सिवाकोटीसँगै राप्रपाको समेत नाम जोडेर समाचार लेखिएको भन्दै उनले धम्कीपूर्ण शैलीमा भने‘जथाभावी समाचार लेख्ने ? समाचारको स्रोत को हो, मुद्दा हालौं कि के गरौं ? हामीसँग गुण्डाहरु पनि छन्, हाम्रा एउटै नेताका दुइ सय गुण्डा छन्, उनीहरुबाट केही होला नि ? म पनि पत्रकार हुँ, समाचार कसरी लेख्नुपर्छ हामीलाई पनि थहा छ’ भन्दै उनले ज्यान लिने धम्कीसँगै निरन्तररुपमा ममाथि दूव्र्यवहार र दुरुत्साहनपूर्ण आपेक्ष लगाइरहे । सुरुमा आफूविरुद्ध किन समाचार लेखियो भन्दै राप्रपा सिवाकोटी कार्यालयमा आएका थिए ।

सिवाकोटी पनि सिन्धुज्वालामा हाइड्रोको जनसम्पर्क अधिकृतका रुपमा कार्यरतको र उनीसमेत घोटाला सलग्न रहेको समाचार प्रकाशित भएको थियो ।

तसर्थ उल्लेखित घटनाको घोर निन्दा र भत्र्सना गर्दै सम्वन्धित व्यक्तिमाथि कारवाहीको माग गर्दछु । साथै पत्रकारको जीवन रक्षा, पेशागत सुरक्षा, पेशागत निर्भिकताको वातावरणका लागि सरकार, नेपाल पत्रकार महासंघ, नेपाल आर्थिक पत्रकार संघ, नेपाल आर्थिक पत्रकार संघलगायत सबै सरोकार निकायको गंभीर ध्यानाकर्षण गराउन चाहन्छु ।

कुनै पनि किसिमका डर, त्रास, प्रलोभन र धम्कीबाट अलिकति पनि विचलित नभइ आफ्नो कार्यक्षेत्रमा खटिरहने प्रण गर्दछु ।

 

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...