CG Electronics
IME Life
Ncell NPL

डिआईजी जोशी र गाँउपालिका अध्यक्ष शाहद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरको भवन उद्घाटन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

बाँके । इलाका प्रहरी कार्यालय भगवानपुरको नवनिर्मित भवन उद्घाटन गरिएको छ । सोमबार लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्ष उमेश राज जोशी र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तिायक अहमद शाहले संयुक्त रुपमा नरैनापुरको वडा नं. ५ को भगवानपुरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको उद्घाटन गर्नु भयो । साथै उहाँहरुले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नु भएको थियो ।


भवन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायब महानिरीक्षक जोशीले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रदेश प्रहरी कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको जिकिर गर्नु भयो ।  प्रहरी नायब महानिरीक्षक जोशीले आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमान्दारिता, जिम्मेवारीबोध, प्रहरी आचरण र व्यवहारले प्रहरी प्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास लिएको बताउनु भयो ।

उहाँले भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नु भएको थियो ।

नेपालको मात्र नभई भारतीय नागरिकको लागि आकर्षणको केन्द्र रहेको देश कै उत्कृष्ट पालिका नरैनापुरमा हुन सक्ने अपराध रोक्नको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य महत्वपूर्ण रहने भन्दै सचेत रहनु पर्नेमा प्रहरी नायब महानिरिक्षक जोशीले जोड दिनु भएको थियो ।कार्यक्रममा प्रहरी नायब महानिरीक्षक जोशीले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पु¥याउने प्रहरी कर्मचारीलाई पुरस्कारसमेत प्रदान गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले इलाका प्रहरी कार्यालय नरैनापुर अन्य प्रहरी कार्यालयभन्दा निक्कै महत्वपूर्ण र विशिष्ट नाका भएको बताउनु भयो ।  नेपाल भारत सीमावर्तीक्षेत्रमा हुने चोरी, तस्करी, रोकथाम नियन्त्रण गर्नु, शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण र अनुसन्धान गर्नु, समाजमा शान्ति व्यवस्था कायम गर्नु इलाका प्रहरी कार्यालय भगवानपुरको मुख्यः दायित्व र जिम्मेवारी रहेको अध्यक्ष शाहले स्पष्ट पार्नु भयो ।

 

अहिलेको मुख्यः समस्या लागूऔषध भएको स्पष्ट पार्दै उहाँले अवैधरुपमा भित्रिने अन्य वस्तुले देशको अर्थतन्त्र र राजस्वमा असर पुर्याउने तर, लागूऔषले समाज देश नै ध्वाँस पार्ने अध्यक्ष शाहको भनाई थियो । जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको एउटा प्रहरी असुरक्षित भयो भने संयौं नागरिकले सुरक्षा पाउन नसक्ने भन्दैं हरेक नागरिकले सुरक्षितरुपमा जीवनयापन गर्नका लागि प्रहरी सुरक्षित हुनुपर्ने उहाँको भनाई थियो । प्रहरी असुरक्षित भयो भने सर्वसाधारणले सुरक्षा पाउनु भनेर आश गर्नु दिवा स्वप्ना हुने अध्यक्ष शाहको तर्क थियो ।

 

सुरक्षाकर्मी सुरक्षित भए मात्र सर्वसाधारणले सुरक्षा प्राप्त गर्न सक्ने भएकाले प्रहरीको गास, वास र कपासको सुरक्षाका लागि हामी सवै लाग्नुपर्ने अध्यक्ष शाहको भनाई थियो । ‘ कसैले दाल चिनि र चामल अबैधरुपमा अयात गर्दा यसले खासै ठूलो नोक्शानी राज्यले व्यहोर्नु पर्दैन’ अध्यक्ष शाहले भन्नुभयो -‘तर, थोरै मात्रामा भित्रिएको लागुऔषधले हाम्रो समाज, परिवार र देशनै खत्तम पारिदिन्छ । यस्तै सामाजिक सदभावमा खलल पार्न केही तत्वहरु लागी परेको उल्लेख गर्दै जातिय द्धन्द गराउन खोज्नेहरुको पहिचान गरी तत्काल कारवाही गर्नु पार्छ ।’

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक ई। ध्रुव अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रदेश सरकारको नियमित बजेटबाट कुल ३ करोड ९ लाख लागतमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनको निर्माण कार्य सम्पन्न भएको हो ।


कार्यक्रममा प्रहरी बरिष्ट उपरिक्षक डिल्ली राज बिष्ट, प्रहरी वरिष्ट उपरिक्षक डा।अमिन कुमार श्रेष्ठ, प्रहरी उपरिक्षक सन्तोष सिहं राठोर, प्रहरी उपरिक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी नायब उपरिक्षक दिपक चन्द, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, नरैनापुर १ का अध्यक्ष इसाक जोलाह, २ का अध्यक्ष मसूद अहमद शाह,४ का अध्यक्ष मनोज शर्मा, ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, ६ का अध्यक्ष प्रेम चन्द्र मौर्य, राप्ती सोनारी , ६ का अध्यक्ष नवराज खरेल,७ का अध्यक्ष राम लखन थारु, नेपाली काग्रेशका नेता रामचन्द्र मौर्य, नरैनापुरका जिन्सी शाखा प्रमुख भरत महतो, वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक इन्द्रजित सुनार, ट्राफिक प्रहरी निरिक्षक तिलक सुनार, सशस्त्र प्रहरी निरिक्षक भान बहादुर कार्की, पालिकास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, सञ्चारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन भगवानपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजन रायमाजीले गर्नु भएको थियो ।

प्रहरी नायब महानिरिक्षक जोशी सहितको टोलीले भवन उदघाटन पश्चात नरैनापुरको सिमा क्षेत्रको समेत स्थलगत निरिक्षण गर्नु भएको थियो ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:३४

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी...