मनपाङ खोला सल्यानटार खानेपानी आयोजनामा कोषको ४ करोड ७७ लाख ऋण लगानी
Tuesday Jun 13, 2023
वि.सं.२०८० जेठ ३० मंगलवार २३:२४
काठमाडौं । सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत मनपाङ खोला सल्यानटार सह–लगानी खानेपानी तथा सरसफाइ आयोजना धादिङमा नगर विकास कोषको ४ करोड ७७ लाख ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।
सह-लगानी तथा साझेदारी नीति अवधारणामा सरकार तथा उपभोक्ताको संयुक्त सह–लगानीमा निर्माण हुने मनपाङ खोला सल्यानटार सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनामा कोषले ऋण उपलब्ध गराउने सम्झौता भएको हो ।
आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएका बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल अंक ९खानेपानी आपूर्तितर्फ०को लागत २३ करोड ८५ लाख ४९ हजारको २५ प्रतिशतले हुने रकम ४ करोड ७७ लाख ९ हजार कोषबाट ऋण लगानी हुनेछ ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र मनपाङ खोला सल्यानटार सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कृष्णकुमारी थापाबीच गत २८ जेठमा हस्ताक्षर भएको हो ।
सम्झौतामा त्रिपुरासुन्दरी गाउँपालिका धादिङका अध्यक्ष राजु उप्रेती र उपाध्यक्ष देवराज धरेलले जमानतकर्ताको रुपमा हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, मनपाङ खोला सल्यानटार सह–लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अन्य पदाधिकारी, कोषका पदाधिकारीसमेत उपस्थित थिए ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ सेवाक्षेत्र रहेको उक्त आयोजनाका लागि कुल लागतको सरकारबाट ७० प्रतिशत अनुदान, कोषबाट २५ प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट बेहोरिनेछ । उक्त आयोजना निर्माणपछि सन् २०२३ मा २ हजार ८९७ घरधुरीका ९१४४८१ जनसंख्यालाई २४सै घन्टा खानेपानी सेवा पु¥याउने लक्ष्य रहेको छ ।
कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशक सापकोटाले आयोजनालाई गाउँपालिकाकै राष्ट्रिय गौरवको आयोजनाको रुपमा महत्व दिँदै समयमै गुणस्तरीय रुपमा सम्पन्न गराउन तथा दिगो रुपमा सञ्चालन गराउन संस्थाले आवश्यक कार्यविधि निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए ।




























