CG Electronics
IME Life
NIMB

दिगो विकासको लक्ष्य कार्यान्वयन गर्नेबारेमा देशव्यापीरुपमा अध्ययन जारी : सचिव पाण्डे

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । दिगो विकास तथा सुशासन समितिका सचिव डा. रोजनाथ पाण्डेले दिगो विकासको लक्ष्य कार्यान्वयन गर्ने सन्दर्भमा सबै क्षेत्रमा छलफल चलाएर देशव्यापीरुपमा अध्ययन गर्ने काम भइरहेको बताएका छन् ।

 

राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको सोमबार बसेको बैठकमा समितिका सचिव पाण्डेले विगत ७ वर्षदेखि नेपाल सरकारले संयुक्त राष्ट्रसंघ संघयूएनले घोषणा गरेको दिगो विकासको लक्ष्य कार्यान्वयन गर्ने सन्दर्भमा भएको कामबारे अध्ययन चलिरहेको बताएका हुन् ।

उनले भने ‘ सात वर्षमा गरेका काम कारवाहीहरुको मूल्याङ्कन गर्ने र त्यसमा भएको कमि कमजोरीहरुको सन्दर्भमा छलफल चलाएर देशव्यापी रुपमा प्रदेश स्तरीय, स्थानीय तहबाट समेत सुझावहरु संकलन गर्ने, प्रतिवेदन राष्ट्रिय सभामा पेश गर्ने उद्देश्यबाट अध्ययन चलिरहेको छ । ’

 

सचिव पाण्डेले दिगो विकास लक्ष्यको विगत ७ वर्षको कार्यान्वयन अवस्थाको मूल्यांकन गर्नु यसको मूल उद्देश्य रहेको उल्लेख गर्दै यसका लक्ष्यहरुको संघ, प्रदेश र स्थानीय स्तरबाट प्राप्त नतिजाको विश्लेषण गर्नु दोस्रो उद्देश्य रहेको बताए ।

 

यस्तै दिगो विकास लक्ष्यमा आएको समस्या, चुनौतीहरुको पहिचान गर्ने र प्रतिवेदनमा उल्लेख गर्ने तेस्रो उद्देश्य रहेको पनि पाण्डेले बताए ।

उनले भने ‘ समस्या समाधानका लागि आवश्यक सुधार र समाधानको आवश्यक सुझाव संकलन गरी प्रभावकारी कार्यान्वयन गर्ने, २०३० सम्म सम्पन्न गर्नुपर्ने कार्ययोजनासहित प्रतिवेदन प्रस्तुत गर्ने, यही उद्देश्यको लागि हामी विभिन्न चरणका कार्यक्रमहरु गरिरहेका छौ । ’

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...