IME Life
NIMB

फोस्टरिङ्ग डिजिटल्ली सक्षम नेपाल” भन्ने नाराका साथ ह्वावे मोबाइल नेपाल कँग्रेस र डिजिटल नेपाल कन्क्लेभ २०२३ शुभारम्भ

NIMB
Himalayan Bank

 

काठमाडौं । आइसिटि फाउण्डेसन नेपालले ह्वावेसंगको सहकार्यमा आयोजना गरेको ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२३ को आज औपचारिक रुपमा शुभारम्भ भएको छ । “ फोस्टरिङ्ग डिजिटल्ली सक्षम नेपाल” भन्ने नारा रहेको यस कन्क्लेभको उद्देश्य नेटवर्किङ र डिजीटल्ली सहकार्यको लागि सार्थक वातावरण तयार पार्ने रहेको छ । उक्त कार्यक्रम आज र भोली गरी २ दिनसम्म सोल्टी होटल, काठमाडौंमा चल्नेछ । साथै सोही स्थानमा ह्वावे मोबाइल नेपाल कँग्रेसको पनि आयोजना गरिएको छ ।

प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री मा. रेखा शर्मा हुनुहुन्थ्यो ।

यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव श्री कृष्ण बहादुर राउत, पूर्व मन्त्री श्री गणेश शाह, नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष श्री पुरुषोत्तम खनाल, नेपाल सरकारका उच्च पदस्थ अधिकृतहरु, विभिन्न संगठनहरुका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुका साथै सूचना प्रविधिको क्षेत्रमा हाल कार्यरत विभिन्न महानुभावहरुको पनि उपस्थिति रहेको थियो ।

कन्क्लेभको उद्घाटन पश्चात् प्रधानमन्त्रीज्यूले ह्वावे नेपाल कँग्रेस २०२३ को अवलोकन गर्नु भएको थियो । उक्त कँग्रेसमा प्रदर्शित नवीनतम समाधानहरु जस्तै फाइभ जि, ग्रीन डाटा सेन्टर, ह्वावे क्लाउड लगायत अन्य नवीन प्रविधिहरु र डिजिटल नेपाल निर्माणको लागि ह्वावेको प्रयासलाई वहाँले अत्यन्त गहनता पूर्वक अध्ययन गर्नु भएको थियो ।

कार्यक्रमा स्वागत मन्तव्य राख्दै आइसिटि फाउडेसनका अध्यक्ष र कार्यक्रमका सभापति श्री राजन लम्सालले भन्नु भयो “यो २ दिने कन्क्लेभ डिजिटल रुपान्तरणका लागि डिजिटल क्षमताहरु मापन गर्ने प्रयासको रुपमा आयोजना गरिएको छ । यो कार्यक्रम केवल कार्यक्रममात्र नभई उपलब्धिमुलक होस् भन्ने तर्फ हामीहरु सजग रहेका छौं ।”

कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो शुभकामना मन्तव्य राख्दै सम्माननीय प्रधानमन्त्री श्री प्रचण्डले भन्नु भयो “डिजिटल क्षमता विकास गर्न पूर्वाधारहरुमा जोड दिन जरुरी भएकोले नेपालमा डिजिटल प्रणालीहरुको विकास गर्न भनेर नै वर्तमान सरकारले यस आ.व.को बजेटमा चालु पूँजी तर्फको १ प्रतिशत रकम विनियोजन गरेको उल्लेख गर्दै डिजिटल नेपाल निर्माणको लागि आवश्यक नीति, नियम, कानुनहरु चाँडै नै कार्यान्वयनमा ल्याइनेछ ।” वहाँले सामाजिक र राजनैतिक परिवर्तनमा प्रविधिको महत्वपूर्ण भूमिका हुने र समाज रुपान्तरणको लागि सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएको समेत बताउनु भयो ।

वहाँले नेपालका उद्योगीहरु र सरोकारवालाहरुमाझ आइसिटिको विकासको बारेमा जानकारी गराउन यस प्रकारको कन्क्लेभको आयोजना गरेकोमा आइसिटि फाउण्डेसन र ह्वावेलाई धन्यवाद पनि व्यक्त गर्नु भएको थियो ।
उद्घाटन कार्यक्रमको दौरानमा नै संचालन गरिएको विशेष सत्र अन्तर्गतको फायर साइड पावर सम्वादमा सञ्चार तथा सूचना प्रविधि मन्त्री मा. रेखा शर्माले नेपालमा हालै सूचना प्रविधिको विकासमा भैरहेको विकासको बारेमा आफ्नो भनाई राख्दै सोचमा समेत परिवर्तन आएको बताउनु भयो । पहिले सूचना प्रविधिको क्षेत्र केवल मनोरन्जनको लागि भनेर बुझ्ने गरिएकोमा हाल आएर यो उत्पादन उद्योग र डिजिटल इकोनोमीको लागि पनि हो भनेर बुझिएको छ ।

 

नेपाल सरकार डिजिटल प्रविधिको प्रयोग अभिवृद्धि गर्न र यसको लागि आवश्यक जनशक्तिहरुलाई नेपालमा नै उचित सुविधा प्रदान गर्न लागी परेको बताउनु भएको छ ।

ह्वावे साउथ एशिया रिजनल कार्यालयका अध्यक्ष श्री पान जिनफेङ्गले भन्नु भयो “डिजिटल नेपालको अनुभूति पूर्वाधारको स्तरोन्नति र औद्योगीक डिजिटल रुपान्तरणबाट भिन्न छैन । ह्वावेले नेपालको आइसिटि डोमेनमा विगत २३ वर्षभन्दा अघिदेखि काम गर्दै आइरहेको छ ।

नेपालको लागि नेपालमै भन्ने लक्ष्यका साथ हामीहरु सक्षम डिजिटल नेपाल निर्माण गर्न आइसिटि विकासमा समर्पित हुन र स्थानीय आइसिटि प्रतिभाहरु र इकोसिस्टमको विकास गर्न कटिबद्ध छौं । ह्वावे एमएनसि र डिजिटल नेपाल कन्क्लेभले उद्योगको विकास गर्नमा मद्दत पुग्नेछ ।”

२ दिनसम्म चल्ने कन्क्लेभमा विभिन्न देशबाट आउनु भएका आइसिटि विज्ञहरुसहित ७० भन्दा बढी स्रोत व्यक्तिहरुको सहभागीतामा विभिन्न ६ वटा विषयहरुमा १५ वटा सत्रहरु संचालन हुनेछन् । कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बँगलादेशका विषयगत विज्ञहरुले आ–आफ्नो धारणा प्रस्तुत गर्नु हुनेछ । साथै विज्ञहरुले कार्य पत्रहरु पनि प्रस्तुत गर्नु हुनेछ ।

कार्यक्रमको पहिलो दिन ह्वावे एशिया प्रसान्त क्षेत्रका सिनियर इण्डस्ट्री सोलुसन्स एक्सपर्ट श्री ली यु सेङ्गले सार्वजनिक सेवाहरुको डिजिटल रुपान्तरणलाई सक्षम बनाउने विषयमा आफ्नो मन्तव्य प्रस्तुत गर्नु भएको थियो र वल्र्ड लिन्कका अध्यक्ष श्री दिलिप अग्रवालले डिजिटल क्षमताहरुमा कार्यपत्र पेश गर्नु भएको थियो ।

“फोस्टरिङ्ग डिजिटल्ली सक्षम नेपाल” भन्ने नाराका साथ आयोजना भैरहेको उक्त कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता एवं आवश्यक नीतिहरु र त्यसको कार्यान्वयनमा जोड दिनेछ ।

 

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’ गर्ने तयारीमा फोर्ड गाडी

आगामी वर्ष नेपालमा नयाँ मोडेलका साथ ‘कमब्याक’...

वि.सं.२०८३ साउन १५ शुक्रवार २२:३७

  काठमाडौं । अमेरिकी सवारी ब्रान्ड फोर्डले आगामी वर्षदेखि नेपालमा...