IME Life
NIMB

बजेट प्रस्तुत अघि बजेटमाथि छलफल गर्ने र सुनुवाई हुने हो भने सदनको गरिमा बढ्छ : सांसद पौडेल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले बजेट प्रस्तुत गर्नुभन्दा अगाडि बजेटमाथि छलफल गर्ने र सुनुवाइ हुने हो भने सदनको गरिमा र औचित्यलाई बजेट निमार्ण प्रक्रियामा समावेश गर्न सकिने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा सांसद पौडेलले यसप्रकारको छलफल बजेट प्रस्तुतभन्दा पहिला हुनुपर्ने भन्दै अर्को वर्षको बजेटमा कानूनी हिसाबमा यसलाई सच्याएर प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन् ।

उनले भने, बजेट प्रस्तुत हुनुभन्दा पहिला मन्त्रालयगत रुपमा योजनाहरु पर्नुभन्दा पहिला सदनमा उठेका यसप्रकारका छलफलहरुको सुनुवाई, यसप्रकारका उठेका प्रश्नहरु सम्बन्धित मन्त्रालयहरुले सुनेर मात्रै बजेटलाई अगाडि बढाइयो भने यो सदनको गरिमा यसको औचित्यलाई बजेट निमार्ण प्रक्रियामा समावेश गराउन सक्छौ ।

आउँदो वर्षको बजेटमा कानूनी हिसाबमा पनि सच्चाएर अगाडि बढ्ने प्रक्रिया अगाडि बढाउन अनुरोध गर्न चाहान्छु ।
उनले मौलिक हकसँग सम्बन्धित कुराहरु अगाडि बढाउनको लागि बजेट अभाव भएको कारणले कामहरु गर्न नसकेको भन्दै त्यस्तो खर्च कम गर्ने सुरुवात गर्ने हो भने बजेटको संरक्षण गरेर विकास तिर जान सक्ने बताए ।

उनले भने, उपराष्ट्रपति कार्यालयको खर्च कटौती गरेर १ रुपैयाँ मात्रै राख्नु विरोधको रुपमा भन्नु भएको सम्भव छैन् तर हाम्रो बजेटको प्रकृति साधारण खर्च सबैतिर बढेको र हामीले संविधानमा उल्लेख गरेका मौलिक हकसँग सम्बन्धित कुराहरु अगाडि बढाउनको लागि बजेट अभाव भएको कारणले धेरै कामहरु गर्न सकेनौ भन्ने कुरा निरन्तर छलफलमा उठेको छ ।

हामीले उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालय राज्यका साधारण खर्च नगर्दा पनि हुने प्रक्रियाका छन् । त्यस्तो खर्च कम गर्ने सुरुवात गर्ने हो भने बजेटको संरक्षण गरे विकास तिर जान सक्छौ । ’

 

 

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...