IME Life
NIMB

गृह मन्त्रालयमा अनावश्यक चलखेल रोक्न आन्तरिक सुशासन पहिलो सर्त : गृहमन्त्री श्रेष्ठ

NIMB
Himalayan Bank

 

 

काठमाडौं । गृहमन्त्री नारायण काजी श्रेष्ठले मन्त्रालयहरुमा हुने हस्तक्षेप र अवाञ्छित चलखेललाई रोक्न सबै सुरक्षा संगठन र मन्त्रालय भित्रका संयन्त्रमा आन्तरिक सुशासनलाई पहिलो सर्तका रुपमा कायम गर्न पहल गरेको बताएका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकमा गृहमन्त्री श्रेष्ठले देशमा सुशासन कायम गर्न आफ्नै मन्त्रालय र सो अन्र्तगतको सम्यन्त्रहरुबाट आन्तरिक पहल गरेको भन्दै त्यसले मन्त्रालयहरुमा हुने अनावश्यक हस्तक्षेपलाई रोक्ने बताए ।

‘राष्ट्र र जनताको सेवालाई केन्द्रमा राखेर काम गर्न प्राथमिकता दिइएको छ । कुनै पनि प्रकारको अवान्छित लगाव वा हस्तक्षेप तथा अवान्छित चलखेललाई रोक्ने,त्यसबाट मुक्त भएर काम गर्ने दिशातिर सम्पूर्ण संयन्त्र र सुरक्षा संगठनलाई अगाडि बढाउन पहल गरिएको छ । ’ श्रेष्ठले भने ।
उनले गृह मन्त्रालयको काम गर्ने सम्बन्धमा शुरुदेखिनै पद र सम्बन्धलाई भन्दा कामलाई आधार मानेर कर्मचारीलाई अभिमुखीकरण गरेको तथा महत्वपूर्ण निर्णयहरु गरेर नचाँहिने व्यवस्थालाई खारेज गरेको समेत उल्लेख गरे ।

‘पञ्चायती व्यवस्थाको पालादेखि गृह मन्त्री र गृह सचिवले विभिन्न नाममा लिदै आएको सुराकी खर्च बापतको रकम लिने प्रकृयालाई खारेज गर्ने निर्णय गरेर मन्त्रिपरिषद्बाट नियमावली नै खारेज गरे ।’
उनले राष्ट्रिय परिचय पत्रको सेवा प्रवाहको लागि निजी कम्पनीलाई इजाजत दिने सम्झौता खारेज गर्ने निर्णय गरेर नियमावली नै मन्त्रिपरिषद्बाट खारेज गरेको, नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन पहल गरेको, मिटरव्याज पीडितको लागि कानून बनाएर न्यायको लागि पहल गरेको लगायतका विविध कार्य गरेको भन्दै कार्यविवरण समेत सदनमा प्रस्तुत गरे ।

उनले शान्ति प्रकृयाको धेरै काम पूरा गरेको भन्दै बाँकी रहेको संक्रमणकालीन न्यायसंग सम्बन्धित कार्यलाई पूरा गरी शान्ति प्रकृयालाई समग्रमा टुंगोमा पु¥याउने उल्लेख गरे ।

त्यस्तै मन्त्री श्रेष्ठले गृह मन्त्रालयले विपद व्यवस्थापन कार्यका लागि प्राधिकरण मार्फत आवश्यक काम गर्नुका साथै पूर्व तयारीलाई पनि ध्यानमा राखेर कार्य गरिरहेको जानकारी सदनमा गराए ।

 

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...