महालक्ष्मी विकास बैंकद्वारा आठौैँ मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई प्रायोजन
Monday Jun 26, 2023
वि.सं.२०८० असार ११ सोमवार १३:५९
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ ।
।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा असार ८ र ९ गते काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित आठौैँ मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई सफल बनाउनका लागि बैंकले प्रायोजन सहयोग गरेको हो।
नेपालजस्तो विकासशील राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको हो।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकको देशभर १०३ शाखा कार्यालय र करिब ७ लाख ग्राहक छन्।




























