CG Electronics
IME Life
Ncell NPL

सातौँ प्रधानमन्त्री कप भलिबल प्रतियोगिता असार २३ बाट सुरु हुने

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । सातौं प्रधानमन्त्री कप भलिबल प्रतियोगिता यही असार २३ गतेदेखि सुरु हुने भएको छ ।

सोमवार, नेपाल भलिबल संघएनभिएले, पत्रकार सम्मेलनमा आयोजना गर्दै आईरहेको प्रधानमन्त्री कप क्लब लिग भलिबलको सातौं संस्करणको खेल आगामी असार २३ देखि ३० गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

सातौं संस्करणदेखि प्रधानमन्त्रीको नाममा जोडेर अव उप्रान्त प्रधानमन्त्री कप एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष क्लब लिगको नाममा खेल सञ्चालन गर्ने निर्णय भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बताए ।

उनले भने, ‘हामीले राम्रो काम गरेको हुनाले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबललाई प्रधानमन्त्रीको नाम जोडेर हरेक वर्ष यसलाई सञ्चालन गर्नु भनेर राष्ट्रिय खेलकुद परिषद्ले निर्णय गरेको छ ।यो हाम्रो लागि ठूलो गुन लगाएको हो परिषद्ले ।’

यसअघि एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष क्लब लिगको रुपमा आयोजना हुदै आएको भलिबल खेलमा प्रधानमन्त्री कप थपिएर सातौं सस्करण आयोजना गर्न लागिएको हो ।

ठुलो धन राशिको पुरस्कार भएको प्रतियोगिता आयोजना गर्न संघलाई निकै कठिन भएको अवस्थामा राज्यबाट प्राप्त यो सहयोगले भलिबल खेलको विकासमा निकै सहयोग पुग्ने अपेक्षा गरेको संघका अध्यक्ष चन्दले बताए ।

 

प्रतियोगितामा सातौं एन.भि.ए. राष्ट्रिय महिला तथा पुरुष क्लब लिगबाट छनाेंट भएका पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पि.एफ क्लब, नेपाल प्रहरी, दावाली मिलन क्लब काठमाडौं, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लव रामेछाप गरि ८ क्लबहरु र महिला तर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब ,बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिम गरी १४ टीम रहेका छन् ।

तर नेपालको एक टोली थपिएर १५ टीम प्रतियोगितामा समावेश हुनसक्ने बलियो सम्भावना रहेको आयोजकको भनाई छ ।

प्रतियोगितामा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थानमा विजयी हुने टीमले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही रु. १५ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगितको कूल अनुमानित खर्च ७५ लाख अनुमान गरेकोमा राष्ट्रिय खेलकुद परिषद्ले संघलाई ४० लाख मुख्य प्रायोजकको रुपमा दिने आयोजकले जानकारी दिए । बाँकी रकम संघले विभिन्न संघ संस्थाहरु संग समन्वय गरी खर्च व्यवस्थापन गर्ने संघका अध्यक्ष चन्दले बताए ।

प्रतियोगिता सॅंचालनको लागी नेपाल भलिवल सॅंघले महासचिव रोशन श्रेष्ठको सॅंयोजकत्वमा समिति गठन गरेको छ ।

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...