CG Electronics
IME Life
Ncell NPL

सरकारले सुरक्षा नदिएको संघको गुनासो : कडा आन्दोलनमा उत्रने चेतावनी

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले, लघुवित्तीय संस्थाहरुका विरुद्धमा संघर्ष समिति खडा गरी नियतबस आक्रमण गरेको तथा काम गर्ने वातावरण नदिएको भन्दै कर्मचारीको सुरक्षा जल्दोबल्दो चुनौतिको रुपमा देखिएको बताएका छन् ।

 

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल लघुवित्त बैंकर्स संघले लघुवित्तिय संस्थाहरुमा निरन्तर स्वार्थ समुह र राजनीतिक समूहले सुनियोजित रुपमै संघर्ष समिति बनाएर आक्रमण गरेको आरोप लगाउँदै कर्मचारीको सुरक्षामा चुनौति थपिएको बताएको हो ।
संघका महासचिव राम बहादुर यादवले सरकारले व्यवसायीको सुरक्षालाई वेवास्ता गरेको भन्दै आपत्ति जनाए ।

 

‘कानून बमोजिम दर्ता भई सरोकारवाला निकायबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरु विरुद्ध विगत केही समयदेखि केही व्यक्ति तथा राजनीतिक समूहले लघुवित्तीय विरुद्धको संघर्ष समिति नामको अवैधानीक समूह खडा गरी सुनियोजित तवरले वित्तीय संस्था जस्तो अति संवेदनशिल क्षेत्रमा आन्दोलन गरी कार्यक्रममा अवरोध श्रृजना गर्ने, कपोलकल्पित आक्षेप लगाई अनर्गल प्रचार प्रसार गर्ने, वित्तीय संस्था जस्तो अत्यावश्यक सेवा अवरुद्ध गर्ने नियतले वित्तीय संस्थाको कार्यालयमा ताल्चा लगाउने,लघुवित्त कर्मीको मनोवल कमजोर गराउने गरी कर्मचारीमाथि हातपात गर्ने, कार्यालयमा तोडफोड तथा उपकरण,रकम लुटपाट तथा आगजनीको प्रयास गर्ने, सोझा सदस्यहरुलाई वित्तीय सेवा उपयोग गर्न बाधा पु¥याई लघुवित्त कार्यक्रमलाई नै धराशायी गराउने जस्ता कानून विपरितका गतिविधि भएको प्रति संघको घोर आपति छ’ उनले भने ।

 

यस्तै, लघुवित्त बैंकर्स संघका निवर्तमान अध्यक्ष वसन्त लम्सालले लघुवित्तिय संस्थाहरुमा सुरक्षाको चुनौति थपिएको बताए । लम्सालले भने, ‘पैसा उठाउने कुरामा समय छ विस्तारै असुल हुन्छ, अहिले त्यति धेरै आत्तिएका छैनौं, मन्दिको कारणले सबैलाई असर परेको छ ढिलो भएको हो । तर, असुलिको मात्रै कुृरा भन्दापनि अहिले जल्दोबल्दो चुनौति सुरक्षाको हो ।

 

त्यसकै कारण कर्मचारी फिल्डमा जान नसक्ने, जहाँ पनि पिटिने र अफिसमा बस्न नसक्ने अवस्था चाँहि सबैभन्दा डरलाग्दो अवस्थामा छ ।’ लघुवित्तहरुले ऋण मिनाहा गर्ने आसमा संस्थाका कर्मचारीमाथि नै खनिने गरेको उनको आरोप छ ।

 

उनले संघमा आवद्ध वित्यि संस्थाहरुमध्ये कसैको आर्थिक अवस्था राम्रो र कसैको अवस्था असजिलो भएकाले स्भाविक रुपमा ती संस्थाहरुको सुधार छिटो र सजिलो नहुने भन्दै सुरक्षाको प्रत्याभूति सरकारले गराउनु पर्नेमा जोड दिए ।

 

त्यस्तै, स्वार्थ समूहले आन्दोलनका नाममा गरेका अवान्छित गतिविधि तत्काल बन्द गरी शान्ति सुरक्षाको प्रबन्ध मिलाउनका लागि लघुवित्त वित्तीय संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघको समन्वयनमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्ष पत्र बुझाएको महासतिव यादवले जानकारी दिए ।

 

उनले लघुवित्तिय संस्थाहरु सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकारलाई पहल गर्न आग्रह गरे ।
अराजक गतिविधिहरु नियन्त्रण गर्ने कार्यमा सुरक्षा संयन्त्रले मुकदर्शक बनेर असहयोग गरेकोप्रति उनीहरुले आपत्ति जनाउँदै त्यसमा सुधार नगरे लघुवित्त वित्तीय संस्थाहरुले सेवा बन्द गरेर अझ कडा कदम चाल्न बाध्य हुने चेतावनि दिएका छन् ।

 

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने

जुम्लाको कनकासुन्दरीले संघीय निर्णय उल्टायोः आइतबार विद्यालय...

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:२२

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघीय सरकारका दुई महत्वपूर्ण निर्णयलाई...

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने

वि.सं.२०८३ वैशाख ७ सोमवार ०८:१८

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन...

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने

चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब...

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:५७

  काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ...

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...