पोल्याण्ड पठाईदिन्छु भन्दै ठग्ने एकजना पक्राउ
Sunday Jul 23, 2023
वि.सं.२०८० साउन ७ आइतवार २०:१६
काठमाडौं । वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भनेर ठगि गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर न।पा वडा नं। ०२ स्थाई घर भई हाल काठमाडौंको महालक्ष्मी न।पा वडा नं। ०१ बस्ने ४२ वर्षका पुष्पराज जोशी रहेको प्रहरीले जनाएको छ ।
भगवती अधिकारीलाई वैदेशिक रोजगारीको लागि आकर्षक तलवसहित पोल्याण्ड पठाईदिन्छु भन्दै एक लाख पँचास हजार रकम लिई सम्पर्क विहीन भएको आरोप छ ।
उजुरीको आधारमा खोजिका लागि खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका जोशीलाई थप अनुसन्धान लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाईएको प्रहरीले जनाएको छ ।
























