CG Electronics
IME Life
NIMB

नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानी आवश्यक छ : उप राष्ट्रपति यादव

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । उपराष्ट्रपति रामशहाय यादवले, नेपालको आर्थिक विकासका लागि वैदेशिक लगानी आवश्यक रहेको बताएका छन् ।

अवैतनीक कन्सुलर कोर नेपालको १४ औं वार्षिक साधारण सभामा उनले जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा विदेशी लगानी आर्कषित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि थप योगदान दिन आवश्यक रहेको बताए ।

उनले भने, ‘महत्वपूर्ण दौत्य राष्ट्रहरुका नागरिकलाई नेपालमा पर्यटकका रुपमा भित्राउन यो संस्थाको महत्वपूर्ण भूमिका रहेको छ । नेपालमा लगानीका सम्भावना रहेका क्षेत्रहरु जलविद्युत, पर्यटन लगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि संस्थाले थप योगदान दिन सक्नु पर्छ ।

नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनिकरण गर्नमा सम्बन्धित राष्ट्रहरुसँग पहल गर्न उनको आग्रह छ ।

 

उनले आर्थिक समृद्धिको लागि मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरुसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध राख्नु आजको आवश्यकता भएको भन्दै उक्त कार्यलाई संस्थाको पूर्ण सहयोगको अपेक्षा गरेको पनि बताए ।

उनले भने, ‘संस्थाले नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा मित्र राष्ट्र आम जनबीचको सामिप्यता अभिवृद्धि गर्दै, दौत्य सम्बन्धलाई थप मजबुद बनाउने कार्यमा अझ सबल रहने विश्वास लिएको छु ।

आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालको लागि मैत्री सम्बन्ध स्थापित भएका सबै राष्ट्रहरुसँग सुमधुर र शान्तिपूर्ण सम्बन्ध बनाई राख्नु आजको आवश्यकता हो । यो कार्यलाई यो संस्थाको पूर्ण सहयोगको अपेक्षा गरेको छु ।’

उनले नेपालको दौत्य सम्बन्ध रहेका तर आवासिय दूतावास नभएका ५९ देशको प्रतिनिधित्व गर्दै ती देश र नेपाल बीचको आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन संस्थाबाट हुने गरेको सहयोग र योगदान प्रशंसनिय रहेको उल्लेख गरेका छन् ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...