नेपालमा सूचकांकमा आधारित बाली बिमा साना किसानको लागि उपयोगी : निर्देशक थापा
Friday Jul 28, 2023
वि.सं.२०८० साउन १२ शुक्रवार १७:४३
काठमाडौं । भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्यका कार्यकारी निर्देशक धनेज थापाका अनुसार नेपालमा सूचकांकमा आधारित बाली बिमा साना किसानको लागि उपयोगी छ।
उक्त बिमा कार्यक्रममा किसानहरूको आकर्षण रहेको उनले बताए। कृषि बिमालाई प्राथमिकताका साथ सञ्चालनमा ल्याएर लाखौँ किसानको जोखिम न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिए।
























