NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एनआरएन सचिव प्रविण गुरुङद्वारा उपमहासचिवमा उम्मेदवारी, निस्वार्थ भावनाका साथ जिम्मेवारी बहन गर्ने प्रतिवद्धता

NIMB
leapmotornepal (citroen)

 

कतार, गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११ औँ अधिवेसनमा आईसिसि सचिव प्रवीण गुरुङले उप महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए मलेसियाको अधिवेसनमा सहभागी भएका गुरुङले पत्रकारहरुसँग कुराकानी गर्दै उक्त घोषणा गरेका हुन । उनले गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व,एकता र विकास आफ्नो उमेदवारीको प्रमुख एजेन्डा हुने बताएका छन ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण लगाएतका दर्जनौ सामाजिक कार्य गरेका थिए । हाल उनले कतारलाई कर्मथलो बनाई विभिन्न व्यवसायमा लगानी गरिरहेका छन ।

गुरुङले एनआरएनएले सुरूवात गरेको लाप्राक बस्तीमा ५७३ भवनसहितको स्थायी वासस्थान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्तै, बारा–पर्सालगायतका जिल्लामा हावाहुरीका कारण घरवारविहीन भएकालाई मध्यपूर्व र मलेसियाको संयुक्त नेतृत्वमा आफै उपस्थित भएर ३०० घरधुरीलाई अस्थायी बसोवास, खाद्यान्न, स्वास्थ्य सामग्रीको व्यवस्था गरेका थिए ।

बाढीपहिरोका कारण सिन्धुलीलगायत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिमा राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका मनकारी व्यक्तिहरुको सहयोगमा १५० भन्दा बढी घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अस्थायी वासस्थानको व्यवस्था गर्नेलगायत विविध मानवीय कार्यमा अग्रसरता देखाएका थिए ।

गुरुङ १९९७ मा भारतीय सेनामा भर्ती भएर झन्डै आठ वर्ष काम गरेपछि गैर आवासीय नेपाली संघमा आवद्द भएका हुन । उनले नेपाली कला र संस्कृतिलाई जगेर्ना, प्रवर्दन गर्ने उद्देश्यले कतारको दोहामा रहेकोे पाँचतारे होटलमा नेपाली लोक दोहोरी, गजलसहितको अन्तरार्ष्ट्रिय रेष्टुरेन्ट सञ्चालन गरेका छन । उनले अहिले अरबी, युरोपियन लगायत फरक–फरक इन्टरनेशनल स्तरका रेष्टुरेन्टहरु समेत विस्तार गरिसकेका छन । यसबाहेक कन्स्ट्रक्सन, हस्पिटालिटी, रियल स्टेट,हाईड्रो लगायत विभिन्न व्यवसायमा पनि उनी संलग्न छन ।

२०१५ (१७ मा एनआरएनए कतारका उपाध्यक्ष,२०१७ (१९ मा मध्यपूर्व उप संयोजक २०१९–२०२१ मा मध्यपूर्व संयोजक र २०२१–२०२३ मा सचिवमा निर्विरोध निर्वाचित भएका गुरुङ एनआरएनएमा धेरै संभावना बोकेका युवा हुन । एनआरएनए अभियानमा गुरुङ मात्रै तेस्ता ब्यक्ति हुन जो सचिवसम्म आउँदासम्म सधै निर्विरोध निर्वाचित भएका छन । आगामी अधिवेसनमा उपमहासचिव पदका उम्मेदवार गुरुङ यसपटक पनि आफू निर्विरोध हुने सम्भावना रहेको बताउछन । उनले आफू खुल्ला हिर्दयबाट सामाजिक काम गर्न आएकाले एनआरएनए अभियन्ताहरुले आफूमाथी बिश्वाश गरेको र आगामी दिनमा पनि त्यो बिश्वाश टुट्न नदिने बताए ।

गैरआवासीय नेपालीहरुको हकहितका लागि आफूले सक्रिय भएर काम गरिरहेको जनाउँदै गुरुङले गैरआवासीय नेपाली संघ नेपाल र नेपालीका लागि अभिभावक बनेको बताए ।

गुरुङले आफुले सबै एनआरएनए अभियन्ताहरुको सल्लाह सुझावलाई स्विकार्दै सचिवपछि क्रमिक रुपमा उपमहासचिवमा उम्मेदवारी दिएकोले यसलाई साथ र समर्थन गर्न बिश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन ।

 

 

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता, एकमाथिको आक्रमण सबैमाथिको आक्रमण मानिने

साउदी, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा सम्झौता,...

वि.सं.२०८३ साउन २४ आइतवार ०८:४८

  काठमाडौं । साउदी अरब, टर्की र पाकिस्तानबीच संयुक्त रक्षा...