NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

मन्त्रि रिजाल र युरोपियन युनियन राजदूत नोना डिप्रेजबीच भेट

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग युरोपियन युनियन राजदूत नोना डिप्रेजले विदाई भेटवार्ता गर्नु भएको छ ।
सोमवार मन्त्रालयमा भएको विदाई भेटवार्तामा राजदूत डिप्रेजको कार्यकालमा भएको नेपाल प्रतिको सहयोगको लागि मन्त्रि रिजालले धन्यवाद व्यक्त गर्नु भयो । खासगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित विभिन्न कार्यक्रममा रहेको संलग्नता र सहयोग प्रति मन्त्रि रिजालले प्रशंसा व्यक्त गर्नु भयो ।

लगानी तथा व्यापारको क्षेत्रमा युरोपियन युनियनले नेपाललाई पुर्याएको सहयोग प्रति विशेष धन्यवाद व्यक्त गर्नु हुदै मन्त्रि रिजालले नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनका लागि भविष्यमा युरोपियन युनियनवाट अझ सहयोग प्राप्त हुने अपेक्षा समेत व्यक्त गर्नु भयो ।

त्यसैगरी कफी, पस्मिना जस्ता वस्तुको निर्यात प्रवर्धन, व्यापारसंग सम्वन्धित सरकारी तथा नीजिक्षेत्रका प्रतिनिधिहरुको क्षमता विकास कार्यक्रम तथा नेपालमा वैदेशिक लगानीको वातावरण सुधार गर्ने उद्देश्य सहित युरोपियन युनियनको सहयोगमा मन्त्रालयले ट्रेड एण्ड ईनभेस्मेंट प्रोग्राम सञ्‍चालन गरिरहेको बताउनु हुदै मन्त्रि रिजालले यसका लागि युरोपियन युनियन प्रति हार्दिक आभार ब्यक्त गर्नु भयो ।

युरोपियन युनियनले त्याहांका लगानीकर्तालाई नेपालको पर्यटन, जलविद्युत, कृषि प्रशोधन तथा उत्पादनमूलक उद्योग र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्न समेत मन्त्रि रिजालले अनुरोध गर्नु भयो ।

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ :...

वि.सं.२०८३ भदौ १ सोमवार १३:३८

  काठमाडौं, भदौ १ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...