CG Electronics
IME Life
NIMB

२५ हजार मेघावाट उर्जा उत्पादन गर्ने एक्सन प्लान बन्दैछ : उर्जामन्त्री बस्नेत

NIMB
Himalayan Bank

काठमाडौं । उर्जा,जलस्रोत तथा सिँचाईमन्त्री शक्ति बहादुर बस्नेतले आगामी एक दशकमा २५ हजार मेगावट उर्जा उत्पादन गर्ने गरी उर्जा विकासको रोडम्याप एक्सन प्लान बनाउन लागेको बताएका छन् ।

 

मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले पूर्वाधारको अवस्था,उत्पादन क्षमता,सम्भावना र स्रोतको एकिन गरेरै एक दशकभित्र २५ हजारको उर्जा क्षमता विकास गर्ने गरी रोडम्याप तय गर्ने लागिएको बताए ।

उनले भने, ‘आगामी उर्जा विकासको रोडम्याप र एक्सन प्लान बनाउँदै छौं । त्यो रोडम्याप र एक्सन प्लानमा २५ हजार सेरोफेरोमा टार्गेट निश्चित गर्न खोजिराखेका छौं ।

 

त्यो टार्गेट मात्र निश्चित गर्ने होइन,२५ हजार उर्जा उत्पादन गर्ने आयोजना कुन कुन हुन हामी त्यसको चेकलिस्ट तयार गछौं। त्यो २५ हजारको भारवहन गर्न सक्ने हाम्रो ट्रान्समिसन पूर्वाधारको अवस्थाको बारेमा पनि हामी ध्यान दिन्छौं । र त्यसको यो यो ट्रान्समिसन लाइनले त्यो व्यवस्थापन गर्छ भनेर भन्छौ पनि ।’

त्यस्तै उनले आन्तरिक खपतको लागि १२ हजार क्षमता उर्जा खपत हुने पूर्वाधारको व्यवस्थापनबारे पनि सोच्नुपर्ने अवस्था आएकोले लगानीमैत्री वातावरण तयार पार्नुपर्ने बताए ।

‘हामीले आन्तरिक उर्जा खपतको ११,१२ हजारको कुरा गरिराख्दा हाम्रो सिस्टमले त्यो १२ हजारको टार्गेटलाई मिट गर्न सक्ने हाम्रो सिस्टम, ट्रान्सफर्मरहरुदेखि लिएर सबै व्यवस्थापन बारे सोच्नुपर्ने छ । यो सबै गर्नको लागि लगानीमैत्री वातावरण तयार गर्नुपर्ने छ’, बस्नेतले भने ।

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो दैनिक र मासिक नगद पुरस्कार योजना

सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्: सरकारले ल्यायो...

वि.सं.२०८३ साउन ५ मंगलवार ०८:३१

  काठमाडौं। सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने...