NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम शनिबार एक भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । भक्तपुरका सम्पदाहरुबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले शनिबार आयोजित सम्पदा पदयात्राको समापन कार्यक्रम भक्तपुर नपा वडा नं. १ स्थित न्हु पुखु (रानीपोखरी) मा भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी सबैलाई धन्यवादज्ञापन गर्दै सम्पदा संरक्षणको कार्यमा सबैको हातेमालो जरुरी रहेको बताए ।

उनले भने, भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास हुँदै जाने क्रममा हामीमा धेरै चुनौतीहरु पनि थपिएका छन् । ती चुनौतीहरुलाई हामीले अवसरको रुपमा प्रयोग गर्न सके धेरै उपलब्धी हासिल हुनेछ ।

भक्तपुरका सम्पदा अवलोकन गर्न संसारका सबै पर्यटकहरु भक्तपुर घुम्न आउने गरेको बताउँदै सांसद सुवालले मानव निर्मित सम्पदाहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्ने धारणा राखे ।

नेपालमा अनियमितता र भ्रष्टाचारका घटनाहरु बढ्दै गइरहेको सन्दर्भ जोड्दै उनले सांस्कृतिक सम्पदा म्हास्ने र सार्वजनिक जग्गा मिच्नु आफैमा भ्रष्टाचारको रुप भएको बताए ।

 

उनले सिंहदरबार भ्रष्टा व्यक्तिहरुको अखडा बनिरहेकोमा चिन्ता व्यक्त गर्दै भ्रष्टाचारी र तस्करहरुलाई संरक्षण गर्ने सरकारले देशको हितमा काम नगर्ने विचार राखे । कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई अझ जीवन्त बनाउने प्रयासस्वरुप भक्तपुर नपाले यहाँका सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने नीति लिँदै आएको बताए ।

कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सहभागी सम्पूर्णमा धन्यवादज्ञापन गर्दै उनले भक्तपुर महोत्सवको तयारीको रुपमा पनि सम्पदा पदयात्रा कार्यक्रमलाई विशेष महत्वका साथ अगाडि बढाइएको बताए ।

पुर्खाले सिर्जेको सम्पत्तिलाई जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य भक्तपुर नपाको रहेको बताउँदै उनले नयाँको पुस्ताको सेवा गर्न भक्तपुर नपाले सम्पदा संरक्षणलाई जोड दिँदै आएको बताए ।

नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरभित्रका पोखरीहरुको उपयोगिताबारे प्रष्ट पार्दै पोखरीहरु ऐतिहासिक र धार्मिक हिसाबले पनि महत्वपूर्ण सम्पदाको रुपमा रहेको बताए । उनले पुरानो सम्पदालाई नयाँ किसिमले उपयोग गर्ने भक्तपुर नपाको सोच रहेको बताउँदै पोखरीहरुले वरिपरिको वातावरण सफा र स्वच्छ बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको धारणा राखे ।

 

त्यस्तै भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले मानव सभ्यताको विकास सँगसँगै मूर्त र अमूर्त सम्पदाहरुको विकास भएको बताउँदैै यस किसिमको कार्यक्रम आयोजनाले भक्तपुरको पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रमको उद्घाटन सत्रमा भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र समापन कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले पनि कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेको थियो ।

‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौँ ’ भन्ने नाराका साथ भनपा वडा नं. ९ को लामगः पुखुबाट सुरु भएको सांस्कृतिक पदयात्रा नगाँचा – ग्वंग पुखु – क्वाठण्डौँ पुखु – तिनाछें – सलां गणेश पुखु – बसिकुलां नाग पुखु – दुगुमला – भोलाछें पुखु – अंचा पुखु – ब्यासी पुखु – ख्यो पुखु (धवाहिटी पुखु ) कालदह पुखु – नः पुखु – तः पुखु ( सिद्ध पोखरी) हुँदै न्हु पुखु (रानी पोखरी) मा पुगी समापन भएको थियो ।
सांस्कृतिक गतिविधि र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न ठाउँ–ठाउँमा सांस्कृतिक प्रदर्शनी, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी तथा बिक्री केन्द्रहरूसमेत राखिएको छ । र्‍यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, कर्मचारी, विद्यालयका शिक्षक, स्वयम्सेवक, विभिन्न संघ संस्थाaका प्रतिनिधिहरु, खेलकुद समिति, बाजा समूह र नगरबासीहरुलगायतको उत्साहजनक सहभागिता रहेको थियो ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...