NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

रिलायबल नेपाल लाइफले आजदेखि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दै

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ गते अर्थात आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको जारी पूँजी ४ अर्ब रुपैयाँ रहेको छ । सो पुँजिको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर आईपिओ निष्काशन गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि खुल्ला गरेको आईपीओ बाँडफाँड गरिसकेको छ ।

त्यस्तै, कम्पनीले ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता शेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारणका लागि खुलाएको छ । जसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताको लागि आवेदन दिन सकिनेछ । आवेदन २३ गतेदेखि २६ गतेसम्म दिन सकिने छ । तोकिएको समयावधिभित्र शेयर बिक्री नभएमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक चार्जमै ३०० किमीसम्म चल्ने दाबी

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक...

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

  काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजार तीव्र रूपमा...

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक, एनक्यूआई स्पोर्ट्सको मूल्य ७८ हजार रुपैयाँ घट्यो

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक,...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:३४

  काठमाडौं । स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड नाइयु (NIU) ले...

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय ११ युनिट बुकिङ, २५० डुअल सबैभन्दा धेरै बिक्री

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:२५

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा...

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...