NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

हिमालयन बैंकको ब्याज आम्दानीमा ३७.९६ प्रतिशत बढ्यो

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । हिमालयन बैंकले गत वर्ष ब्याज आम्दानीमा छलाङ मारेको छ । गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी १०१ प्रतिशत बढेर ९ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफा ३७.९६ प्रतिशत बढेर ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ५.४४ प्रतिशत बढेर ९६ करोड ३३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ७५.६८ प्रतिशत बढेर ११ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ र सञ्चालन नाफा ११४.८१ प्रतिशत बढेर ५ अर्ब ४९ करोड ११ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ६६.९९ प्रतिशत बढेर २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, जगेडा कोष ५७ प्रतिशत बढेर १४ अर्ब २० करोड ३४ लाख रुपैयाँ, निक्षेप ६३.४७ प्रतिशत बढेर २ खर्ब ७५ अर्ब ३१ करोड रुपैयाँ र कर्जा लगानी ५६.४२ प्रतिशत बढेर २ खर्ब ३० अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३.१७ रुपैयाँ घटेर १५.०८ रुपैयाँ रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.११ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५.५८ रुपैयाँ रहेको छ ।

गत वर्ष बैंकको खराब कर्जा २.९८ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड ८.६१ प्रतिशत, आधार दर १०.८६ प्रतिशत, स्प्रेड दर ४.७९ प्रतिशत र सीडी रेसियो ८४.७ प्रतिशत रहेको छ ।

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक चार्जमै ३०० किमीसम्म चल्ने दाबी

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक...

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

  काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजार तीव्र रूपमा...

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक, एनक्यूआई स्पोर्ट्सको मूल्य ७८ हजार रुपैयाँ घट्यो

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक,...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:३४

  काठमाडौं । स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड नाइयु (NIU) ले...

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय ११ युनिट बुकिङ, २५० डुअल सबैभन्दा धेरै बिक्री

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:२५

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा...

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...