CG Electronics
IME Life
Ncell NPL

४६ औं इफाप्का सम्मेलनलाई सफल बनाउन प्रचार प्रसार समिति सक्रिय

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । नेपालले नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय संस्था एशिया तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको साझा संगठन (इफाप्का) को ४६ औं सम्मेलनको तयारी औपचारिक रुपमा शुरु गरिएको छ ।

यसैक्रममा शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा सम्पन्न प्रचार प्रसार उपससमितिको बैठकले सम्मेलनको तयारीका लागि प्रचार प्रसार तीव्र पार्ने निर्णय गरेको उपसमिति संयोजक शिवहरि घिमिरेले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय दैनिक, टेलिभिजन, अनलाइन सहित सामाजिक सञ्जालहरू मार्फत सम्मेलनको प्रचार प्रसार गर्ने, पर्यटन बोर्डसँग सहकार्य गर्ने, उपयुक्त स्थानहरूमा डिजिटल डिस्प्ले बोर्ड राख्ने, सम्मेलनका लागि विशेष दूत (ब्रयाण्ड एम्बेसडर) तोक्ने राख्ने लगायतका निर्णयहरू गरेको पनि संयोजक घिमिरेले जानकारी दिनुभयो ।

घिमिरे नेपाल निर्माण व्यवसायी महासंघका नीतिगत उपमहासचिव तथा प्रवक्ता समेत हुनुुहुन्छ । इफाप्काको ४६ औं सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ ।

हाल नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको भूमिकामा रहनु भएको छ । इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, फिलपिन्स, मलेसिया, सिंगापुर लगायतका १८ देश आबद्ध छन् ।

 

 

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:३६

काठमाडौं । तेहरानले क्षेत्रीय तनाव कम गर्ने उद्देश्यले पाकिस्तानमार्फत अमेरिकासमक्ष...

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:११

  सुर्खेत । कर्णालीमा कक्षा १२ को परीक्षामा २४ हजार...

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलनबाट शैक्षिक रूपान्तरणको आह्वान

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:०७

सुर्खेत । सुर्खेतमा आयोजित बहुविषयक अन्तर्राष्ट्रिय सम्मेलन–२०२६ ले बहुविषयगत सहकार्य,...

सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु

सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु

वि.सं.२०८३ वैशाख १४ सोमवार ०९:०२

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट...

मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा सुरु

मकवानपुरमा कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:५४

  हेटौँडा । मकवानपुर जिल्लामा कक्षा १२ को वार्षिक परीक्षा...