CG Electronics
IME Life
Ncell NPL

बालुवाटार प्रकरणमा पूर्व प्रधानमन्त्री नेपालको प्रतिक्रिया : मैले कुनै गल्ति गरेको छैन्

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, बालुवाटार प्रकरणमा आँफूले कुनै गल्ति नगरेको दाबी गरेका छन् ।
साता लामो युरोप भ्रमणपछि सोमबार बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आँफूले कुनै बदमासि नगरेको दाबी गरे । उनले भने ‘नबिराउनु नडराउनु मैले केही पनि विराएको छैन् । कुनै बदमासि गरेको छैन् । कुनै अपराध गरेको छैन्, कुनै भ्रष्टचार गरेको छैन् । कुनै पनि लेनदेन गरेको छैन् । यो सबै स्थितिको कारणले गर्दा म आत्तिएको छैन् । र अलि अलि चित्त दुखेको छ । ’

उनले अहिले देश अन्यौलको अवस्थामा रहेको भन्दै उनले छानबिनमा सहयोग गर्न तयार रहेको बताए ।
‘के गरौलाँ भनेको के पो भयो भने जस्तो देशको स्थिती छ । बालुवाटार प्रकरणमा त्यो काम कुन प्रधानमन्त्रीको कार्यकालमा भएको हो भनेर भन्ने कुरामा संभवत मेरो नाम अरु भन्दा अग्रपन्तमिा पर्दछ । त्यस्तो केही बदमासि केही भएको छ भने त्यसको छानबिन होस त्यसमा मेरो तर्फबाट के सहयोग गर्नु पर्ने हो मेरो सहयोगी भुमिका रहनेछ ।’ उनले भने ।
उनले आफूलाई भाग्यो भन्ने आरोप लगाइएको भन्दै चित्त दुखाए ।

‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निर्णय भएको थियो । माधव नेपाल भाग्यो भनेर लेखे । माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपथ्र्यो । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ ’

उनले नेपाली राजनीतिमा निकै नै जटिला देखिएको भन्दै संसद अवरोध गर्न नहुने बताएका छन् ।
जारी संसद अवरोधले जनतामा धेरै नकरात्मक सन्देश गएको भन्दै उनले त्यसलाई ध्यानमा राखेर सरकारले काम गर्नु पर्ने उनको भनाई छ ।

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा चल्यो डोजर

वि.सं.२०८३ वैशाख १३ आइतवार ११:०६

  काठमाडौं । सरकारले भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती...

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड

चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल,...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:०८

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका...

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक जना मानिस घाइते

सर्लाहीमा चट्याङ लागेर १४ पशुचौपायाको मृत्यु एक...

वि.सं.२०८३ वैशाख १३ आइतवार १०:००

  सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुर पकाहा टोलमा चट्याङले...

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्वीर सावर्जनिक

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५६

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित हिल्टन होटलमा आयोजित ह्वाइट हाउस करस्पोनेन्ट्स...

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा रहेको जोखिमपूर्ण बस्ती

सरकारले हटायो काठमाडौं महानगरपाकाको नदी किनारका छेउमा...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:५२

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित गैरीगाउँ...

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी प्रहरीको नियन्त्रणमा

राष्ट्रपति ट्रम्प सहभागि कार्यक्रममा गोली चल्यो, आक्रमणकारी...

वि.सं.२०८३ वैशाख १३ आइतवार ०९:४५

  काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेको ह्वाइट...