CG Electronics
IME Life
Ncell NPL

निर्माण व्यवसायीका जायज माग सम्बोधन हुन्छ : अर्थमन्त्री महत

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच आज अर्थ मन्त्रालयमा छलफल भयो । अर्थमन्त्री डा। महतले निर्माण व्यवसायीका जायज समस्या सरकारले समाधान गर्ने बताउनुभएको छ ।

हालसम्म भएको कामबाट सिर्जित दायित्वको भुक्तानी दिने र बाँकी रहेको काम अघि बढ्न नसक्ने अवस्था देखिएमा सरकारले त्यस्ता आयोजनाको ठेक्का तोड्ने अर्थमन्त्री महतले बताउनुभयो ।

कतिपय आयोजनामा ठेक्का तोड्न नसकिने अवस्थामा त्यसलाई बजेट व्यवस्थापन गरेर जतिसक्दो चाडैं काम सम्पन्न गरौं । काम हुन सकेको छैन र बजेट पनि छैन भने ती आयोजनाको ठेक्का तोडिन्छ । जतिबेला बजेट हुन्छ, त्यतिबेला ठेक्का लाग्छ । अर्थमन्त्री महतले भन्नुभयो ।

निर्माण व्यवसायीको चाँसो र चिन्ता भनेको काम गरेका आयोजनामा बजेट भुक्तानी पाउनुपर्छ भन्ने रहेकोमा त्यो भुक्तानी हुने स्पष्ट पार्नुभयो । ञहामीले दायित्व सिर्जना भएका विषयमा भुक्तानी दिनैपर्छ । हामी सिर्जना भएका सबै दायित्व भुक्तानी गर्न तयार छौं,झ महतले भन्नुभयो,ञबिल उठाएका सबै भुक्तानी हुन्छ । सम्बन्धित मन्त्रालयले फाइल नपठाउँदा केही भुक्तानीमा समस्या भएको हो ।

 

हाल कुन आयोजना कस्तो अवस्थामा छ र त्यस्तो आयोजनाको सिर्जित दायित्व कति हो भन्ने स्पष्ट तथ्याङ्क ल्याउन पनि अर्थमन्त्री महतले निर्माण व्यवसायीसँग आग्रह गर्नुभयो ।

सम्बन्धित मन्त्रालयले बिल उठाएको १ महिनापछि मात्रै अर्थ मन्त्रालयमा फाइल पुग्छझ महतले भन्नुभयो, ‘मन्त्रालयमा बिल पुगेको १५ दिनमा सबै रकम भुक्तानी गर्न तयार छौं तर बिल नबनेका विषयमा अर्थ मन्त्रालयले केही गर्न सक्दैन । सम्बन्धित मन्त्रालयले बिल उठाउनुपर्‍यो ।

सरकारलाई अनावश्यक दायित्व सिर्जना हुनेगरी अब आयोजनाको समय थप नगर्ने बरु हालसम्म भएको कामको भुक्तानी गरेर ठेक्का तोडने पनि अर्थमन्त्री महतको भनाइ छ । अब यो च्याप्टर बन्द गरौं ।

नयाँ शिराबाट काम शुरु गरौ । अब नयाँ मूल्यको आधारमै ठेक्का लाग्छ । यसअघि कतिपय आवश्यकता नै नभएका ठाउँमा पनि ठेक्का लागेको छ, त्यस्ता ठेक्का तोडिन्छन्, अर्थमन्त्री महतले भन्नुभयो, काम हुन नसकेका आयोजनाको काम रोकिन्छ । ठेक्का बिसर्जन गरौं । काम सम्पन्न भइसकेका आयोजनामा बिल बनिसकेको अवस्थामा अर्थमन्त्रालयले भुक्तानी नरोकेको पनि स्पष्ट पार्नुभयो ।

नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्व सर्वसम्मत चयन

नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को...

वि.सं.२०८३ वैशाख १२ शनिवार २२:१५

  मोरङ। नेपाल तामाङ घेदुङ प्रदेश नं. १ को दोस्रो...

काठमाडौं उपत्यकामा नदी किनारका अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र

काठमाडौं उपत्यकामा नदी किनारका अव्यवस्थित बस्ती हटाउने...

वि.सं.२०८३ वैशाख १२ शनिवार २१:५५

  काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक...

युवापुस्तामा बढ्दो मोटोपनाले हाडजोर्नीमा गम्भीर समस्या आउनसक्छ : डा.ऋषि बिष्ट

युवापुस्तामा बढ्दो मोटोपनाले हाडजोर्नीमा गम्भीर समस्या आउनसक्छ...

वि.सं.२०८३ वैशाख १२ शनिवार २१:४८

काठमाडौं । पछिल्लो समय नेपालमा हाडजोर्नीसम्बन्धी समस्या वृद्धवृद्धामा मात्र सीमित...

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा राय सुझाव आह्वान

ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३ मा...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:५२

  काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत...

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९० करोड, आईपीओ ल्याउने तयारी

मारुती सिमेन्टको सञ्चालन आम्दानी ५ अर्ब ९०...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:४७

  काठमाडौं । नेपालको प्रतिष्ठित सिमेन्ट उत्पादक कम्पनी मारुती सिमेन्ट...

उद्योग–व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न निजी क्षेत्रद्वरा सरकारसँग आग्रह

उद्योग–व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न निजी क्षेत्रद्वरा सरकारसँग...

वि.सं.२०८३ वैशाख १२ शनिवार २०:३५

  काठमाडौं । निजी क्षेत्रका प्रमुख व्यावसायिक संघ–संस्थाहरूले पछिल्ला घटनाक्रमप्रति...