CG Electronics
IME Life
Ncell NPL

नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा आउँदै , सबै पक्षबाट सहयोगको लागि आग्रह

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

 

काठमाडौं । भैरहवामा रहेको टाइगर प्यालेस पाँचतारे रिसोर्ट गैर आवासीय नेपालीहरुले खरिद गरेका छन । अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु संचालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी,युकेमा होलीकाउ लगाएत संचालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य,महासचिव केशव पौडेल,एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायत एनआरएनएको समुहले उक्त रिसोर्ट खरिद गरेको हो ।

सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता रहेको कम्पनी हो । सुवेदीसहितको एनआरएनए समूहले सिल्भर हेरिटेजको शेयर विदेशमै खरिद गरेपछि रिसोर्टको स्वामित्व हिमालयन टाइगर कम्पनीमा सरेको त छ तर केही विवादहरु सिर्जना भएको छ ।

उक्त विवाद र हल्लापछि कम्पनीले बुधवार पत्रकार सम्मेलन नै गरेर आफ्नो भनाई सार्वजनिक गरेको छ । विदेशमा शेयर खरिद बिक्री गरिएपनि टाइगर प्यालेस रिसोर्ट खरिदबापत सरकारलाई लाग्ने सम्पुर्ण करहरु तिर्न तयार रहेको अध्यक्ष बुद्धिसागर सुवेदीले उक्त पत्रकार सम्मेलनमा जानकारी दिएका छन । गैरआवासीय नेपाली सुवेदी सहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि त्यसबापत तिर्नुपर्ने कर सरकारलाई नदिएको भन्ने आरोप लागीरहेको बेला उनले बुधबार पत्रकार सम्मेलन गरेर कर तिर्न कुनै कसुर बाँकी नराख्ने बताए ।

टाइगर प्यालेस रिसोर्टका अध्यक्ष सुवेदीले  कानुनमा उल्लेख भएका सम्पूर्ण दायित्वहरु बहन गर्नका लागि आफू र आफ्नो टिम तयार भएको जानकारी गराए । उनले उक्त जानकारी कर कार्यालयलाई दिइसकेको पनि बताए । ‘हामी नेपालमा नाफा कमाउन मात्रै आएका हैनौ ,देशप्रतिको दायित्व पुरा गर्न र देशको मायाका कारण आएका हौ अध्यक्ष सुवेदीले दावी गरे ।

अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैया लगानी गरेको थियो ।

कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको आन्तरिक विवादको कारण केही वर्षदेखि रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । करोडौ रुपैयाँ घाटा व्यहोर्दै आएको रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा सँयौ नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व गुम्दै आएको थियो ।

रिसोर्टले नेपालका बैंकहरुलाई तिर्नुपर्ने साँवा र ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन । उक्त रिसोर्टको बैकको ऋणमात्रै साढे २ अर्ब रुपैयाँ रहेको छ ।

प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमासमेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि हामी विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै सेयरहरु खरिद गरेको सञ्चालक दिपक गौतमले बताए ।

सिल्भर हेरिटेजले आफ्नो सहायक कम्पनी सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा लगानी गरेको र गैरआवासीय नेपालीहरुले अमेरिकामा स्थापना गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकमार्फत सिल्भर हेरिटेजमा भएको अष्ट्रेलियन कम्पनीको सबै सेयर खरिद गरेको गौतमले बताए ।

सोहीअनुसार टाइगर प्यालेस रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगर इन्भेष्टमेन्टमा हस्तान्तरण हुन आएको छ ।

गौतमले अवसरका लागि विदेशिएका आफुहरुले आफ्नो जन्मभूमीप्रतिको दायित्व बोध गरी बन्द हुने अवस्थामा पुगेको रिसोर्टलाई खरिद गरेको बताए ।

‘सरकारले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने नीति लिएको भए पनि अपेक्षित विदेशी लगानी आउन नसकेको अवस्थामा हामीले विदेशमा दुःख गरेर कमाएको रकमलाई मातृभूमिमा लगानी गरी पर्यटन उद्योगमार्फत देश विकासमा टेवा पुर्याउने प्रयत्न गरेको संचालक गौतमले बटाए । पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठुला लगानीका पर्यटन उद्योगहरु धरासायी हुने बाटोतर्फ उन्मुख हुनु राष्ट्र पर्यटन क्षेत्र र लगानीकर्ताका लागि सुखद नभएको गौतमको भनाई रहेको छ ।

नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको भूमिका भएकोले केही गैरआवासीय नेपालीहरुले यो रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा ईंटा थपेको जनाऊदै गौतमले
बन्द हुनै लागेको रिसोर्ट सञ्चालन भई नेपालमा रोजगारी सृजना गर्न तथा पर्यटन उद्योगमार्फत मुलुकको आर्थिक विकासमा योगदान गर्न टाइगर प्यालेस रिसोर्टमा लगानी गरेको बताए ।
रिसोर्टको लगानीकर्ता अष्ट्रेलियन कम्पनी आफैँ आर्थिकरूपमा धरासाही ऋण लगानीकर्ताले रिसभरहरु नियुक्त गरेको थियो।

कम्पनीको नेपालमा भएको सबै लगानी नोक्सानीमा गएका कारण टाइगर प्यालेस रिसोर्ट पनि बन्द हुने अवस्थामा रहेको थियो । बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा अष्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसायसमेतलाई हेरी १ करोड ५० लाख अमेरिकी डलरमा कारोबार भएको सो अवसरमा जानकारी गराइयो ।

अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अष्ट्रेलियन कम्पनीको सेयर खरिद गरेको भए पनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सृजना भएमा प्रचलित कानून बमोजिम लाग्न सक्ने कर राजस्वको दायित्व कानुनले दिएको म्यादभित्र बुझाउनेसमेत अध्यक्ष सुवेदीले प्रतिबद्धता जनाएका छन ।

उनले आफुहरुले नेपाल सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेको जनाउदै उक्त रिसोर्टको लागत अर्बौ पुग्ने आफुहरुले जतिसक्दो छिटो संचालन गर्ने बताए ।

हिमालयन टाइगरका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष
सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेलहरु र अन्य विभिन्न कम्पनीहरु सञ्चालन गरिरहेका छन ।

यो खरिद–बिक्री नेपालमा भएका ठूला किनबेचमध्येपè एक रहेको छ । विदेशी लगानी हुने गरी उक्त होटलको सेयर खरिद–बिक्री भएको हो ।

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...