CG Electronics
IME Life
Ncell NPL

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिसँग माननीय सदस्य राईको भेट

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited
भक्तपुर । ३१ साउन २०८० भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री हेमराज राईले आज भेट गर्नुभयो । भक्तपुरको विकास मोडल अध्ययन गर्ने सिलसिलामा भक्तपुर आउनुभएका माननीय सदस्य राईसहितको टोलीले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्था, ख्वप अस्पताल, फोहोर व्यवस्थापन, सुशासन, शान्ति सुरक्षा आदिको विषयमा भइरहेको गतिविधिबारे नगर प्रमुखबाट जानकारी लिनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले टोलीलाई सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै  शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्दै भक्तपुर नगरपालिकाले संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको बताउनुभयो ।
भक्तपुरमा एनजीओ/आइएनजीओबाट हुने कामलाई न्युन गर्दै लगिएको बताउँदै उहाँले जनता र उच्च पदस्थ व्यक्तिहरुको मानसिकता बिगार्ने काम यी संस्थाहरुबाट हुँदै आएको बताउनुभयो ।
राजनीतिक पार्टीहरु सिद्धान्त र विचारको आधारमा चल्नुपर्ने धारणा राख्दै उहाँले इमानदारीता र नैतिकता नै राजनीतिक नेतृत्वको प्रमुख विशेषता हुनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरुले जीत हासिल गरेका स्थानीय तहहरुमा निर्वाचित प्रतिनिधिहरूले जनताको पक्षमा काम गर्दै आएको बताउँदै उहाँले विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न रु. ५ लाखसम्मका शैक्षिक ऋणको व्यवस्था, वार्षिक ४ करोडभन्दा बढी छात्रवृत्ति तथा भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र, अर्थशास्त्र, दर्शन शास्त्र, तर्कशास्त्र र नेपालभाषा पढ्ने नगरबासी विद्यार्थीहरुलाई पीएचडीसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएको विषय अवगत गराउनुभयो । गरिबीको कारण कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुनुपर्ने छैन – उहाँले भन्नुभयो ।
भेटमा सभासद् राईले भक्तपुरको विकास मोडलबारे धेरै सुनेको हुँदा यहाँको विकास र प्रगति प्रत्यक्ष रुपमा हेर्ने उद्देश्यले भक्तपुर भ्रमणमा आएको उहाँले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य जस्ता जनताका आधारभूत विषयलाई प्राथमिकतामा राख्दै भक्तपुर नपाले गर्दै आएको कामको प्रशंसा गर्दैै उहाँले स्थानीय तहहरु अधिकार सम्पन्न भए स्थानीय विकासमा धेरै टेवा पुग्ने बताउनुभयो ।
भेटमा नेकपा (एमाले)का केन्द्रीय सदस्य हरिबहादुर राई, भोजपुर–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष फूर्वा नेन्जिङ शेर्पालगायतको उपस्थिति रहेको थियो ।
 प्रमुख प्रजापतिले सभासद् राईलाई भक्तपुर नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो । तत्पश्चात उहाँहरुले भक्तपुर नपाबाटसञ्चालित कलेजहरु र अस्पतालको स्थलगत अवलोकन गर्नुभएको थियो ।
सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५९

  काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट...

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट,...

वि.सं.२०८३ वैशाख १० बिहीवार २१:५६

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग...

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र १५९ मेगावाट : इपान उपाध्यक्ष डाँगी

सुदूरपश्चिममा १८ हजार मेगावाट सम्भावना, उत्पादन मात्र...

वि.सं.२०८३ वैशाख ९ बुधवार २३:२९

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का...

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...