CG Electronics
IME Life
Ncell NPL

भिस्ताराले काठमाडौं–दिल्लीको दोस्रो उडान बुधबारबाट थाल्ने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । अन्तर्राष्ट्रिय उडान क्षेत्रमा स्थापित भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्लीका लागि दोस्रो दैनिक उडान बुधबारबाट सुरु गर्ने भएको भएको छ ।

टाटा समुह र सिङ्गापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्ताराको दोस्रो उडान बिहान १०ः४० बाट हुनेछ । भिस्ताराको ए ३२० नेव जहाजमार्फत हुने अत्याधुनिक उडानमा तीन कक्षको ‘कन्फिगरेशन’का साथ सञ्चालन हुनेछ ।

 

रुटमा बिजनेश र प्रिमियम इकोनोमिको साथै इकोनोमि क्लासको समेत सुविधा प्रदान गरिनेछ । बिस्ताराले यात्रुका लागि टिकट बुकिङ वेवसाइट, मोवाइल एप र ट्राभल एजेन्टमार्फत खुला गर्नेछ ।

 

भिस्तराले गरेको यो उडानले यात्रुलाई लण्डन, पेरिस, फ््रयांकफर्ट लगायत भारतीय सहरहरु जस्तैः–मुम्बई, बेंगलुर, अहमदावाद, देहरादुन, कोच्चि, गोवा, चेन्नाई, पुणे र अन्य लोकप्रिय लामो दुरीको गन्तब्यहरुमा ‘एक–स्टप’ उडान लिन सक्षम बनाउनेछ ।

 

एयरलाइन्सका नेपालस्थित कार्याकारी अधिकृत प्रशन्न अधिकारीले भिस्ताराको काठमाडौं–दिल्लीको दोसो उडान बुधबारबाट बिहान १०ः४० देखि सुरु हुने बताए ।

उनले भने,‘भिस्ताराले बिगतदेखि नै साँझको उडान भर्दै आएको थियो । यसले दोस्रो उडान पनि भर्ने छ । बिहान १०ः४० बजे जहाज काठमाडौंबाट दिल्लीका लागि उड्नेछ । यो ब्यवस्था बुधबारबाटै लागू हुनेछ । यसअघि साँझ ५ः०० हुँदै आएको उडान पनि यथावत नै रहनेछ ।’

बिहानीको उडान भर्न जहाज दिल्लीबाट ७ः४० मा काठमाडौंका लागि उड्नेछ । जहाज काठमाडौंमा ९ः४० मा अवतरण गर्नेछ । काठमाडौंबाट भने दिल्लीका लागि जहाज १०ः४० उड्नेछ । दिल्लीमा जहाजले १२ः१० मा अवतरण गर्नेछ ।

एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समुह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ । नेपालसहित यसले विश्वका बिभिन्न ३० गन्तब्य स्थानमा नियमित उडान भदैै आएको छ ।

एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

यात्रुले उडान तथा एयरलाईन्सका सम्बन्धमा थप जानकारी लिन चाहे नजिककाे ट्राभल एजेन्ट र नेपालस्थित कार्यलयमा सम्पर्क गर्न सक्ने छन्

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:२१

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू...

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण उद्योग गम्भीर...

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ।...

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...