CG Electronics
IME Life
Ncell NPL

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही वैशाख १७ देखि २० गतेसम्म वीरगञ्जमा शिविर आयोजना गरिएको थियो ।

 

जलन शिविरमा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ । त्यसमध्ये जटिल किसिमका छ जना बिरामीलाई काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा रिफर गरिएको छ ।

 

जलन उपचार शिविर सञ्चालन गर्नुअघि मधेश प्रदेशका विभिन्न छ जिल्लाका २७ पालिकामा स्क्रिनिङ्ग क्याम्प आयोजना गरिएको थियो । उक्त क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीहरुले स्थानीय तहमै पुगेर बिरामीहरुको प्रारम्भिक विवरण लिएका थिए।

 

नबिल बैंकले काठमाडौँमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई निःशुल्क उपचार र परामर्श दिँदै आएको छ । “नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो”, बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने ।

 

बैंकका अनुसार यही वैशाख २५ गतेदेखि २८ गतेसम्म लुम्बिनी प्रदेशमा पनि यसप्रकारका शिविर आयोजना हुँदैछ ।

फेक्ट नेपाल, कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहितका विशेषज्ञ चिकित्सकको टोलीले मधेश प्रदेशका जलनका बिरामीहरु लक्षित शिविरमा शल्यक्रिया गरेका हुन्।

 

“हामी जलनका बिरामीको निःशुल्क उपचार र नारायणी अस्पतालको क्षमता अभिवृद्धि गर्ने दुई वटा उद्देश्य लिएर यहाँ आएका थियौँ, चार दिनको शिविरमा अपेक्षाभन्दा बढी सेवा दिन सकेको अनुभव भएको छ”, डा. राईले भने । “भविष्यमा जलनसम्बन्धी यसप्रकारको उपचार नारायणी अस्पतालबाटै होस् भन्ने हाम्रो चाहना हो ।”

 

नारायणी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चितरन्जन शाहले जलनका कारण अङ्गभङ्ग भइ वर्षौदेखि असहज रुपमा जीवन बाँचिरहेका बिरामीहरुले उपचारपछि सहज रुपमा काम गर्न पाएकामा खुसी लागेको बताए । “उचित उपचारको अभावमा लामो समयसम्म असहज जीवन बिताइरहेका बिरामीका लागि शिविर निकै फलदायी भयो, शिविरमार्फत उहाँहरुको व्यक्तिगत र सामाजिक जीवनमा सकारात्मक परिवर्तन आउनेमा म विश्वस्त छु ।”

 

नबिल बैंकले यअघि सुदुरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा निःशुल्क जलन शिविर सञ्चालन गरिसकेको छ । गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको उक्त पहिलो शिविरमार्फत ६५ जना र गत चैत २७ देखि कर्णालीमा प्रदेशमा सञ्चालन भएको शिविरमा १९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका थिए ।

 

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ । नबिल एसएसईमार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।

 

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५३

  काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको...

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र कमजोर, अवैध सेवाबारे सरकारी निकाय मौन

सगरमाथा आधार शिविरमा इन्टरनेट : मंहगो र...

वि.सं.२०८३ वैशाख २६ शनिवार २३:१०

  काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट...

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ शैक्षिक फड्को

नेपाल कम्युनिभर्सिटी र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नयाँ...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:३२

  काठमाडौं । नेपालको शैक्षिक जगतमा एउटा मौलिक र क्रान्तिकारी...