CG Electronics
IME Life
Ncell NPL

कोशी प्रदेश सरकारमा जसपा सहभागी नहुने, समर्थन यथावत्

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सहमतिको सरकार बनाउने भनिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी नहुने भएको छ ।

सुनसरीको इटहरीमा आज मंगलबार बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

जसपा प्रदेश कमिटी अध्यक्ष दीपक याक्खाका अनुसार बैठकले पार्टी तत्काल कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

‘मुख्यमन्त्रीले पहिचानको आन्दोलनका विषयमा धारणा सार्वजनिक गर्नुभएको छैन’ याक्खाले भने, ‘उहाँले पहिचान पक्षधरलाई सम्बोधन हुने गरी धारणा सार्वजनिक गर्नुभयो भने सरकारमा सहभागिताबारे छलफल हुनेछ ।’

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएको जसपाले सरकारलाई दिएको समर्थन भने यथावत् राख्ने भएको छ ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार सर्वदलीय सहमतिका आधारमा विस्तार गर्नुपर्ने अवस्था रहेको सार्वजनिक अभिव्यक्ति दिंदै आएका छन् ।

कार्कीलाई समर्थन गरेको नेकपा एमालेले भने माओवादीसहित गठबन्धनका अरु सबै दलको सहभागिता सरकारमा हुनु नहुने बताउँदै आएको छ ।

यसैगरी, माओवादीले एमाले तत्काल सरकारबाट अलग हुनुपर्ने बताउँदै आएको छ ।

मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गरेकै दिन कांग्रेसका एकजना र एमालेका एकजना प्रतिनिधिलाई सहभागी गराउँदै मन्त्रिमण्डल गठन गरेका थिए ।

उनीहरु दुवैजना हाल बिना विभागीय मन्त्रीका रुपमा छन् । एमालेले पाँचवटा मन्त्रालयमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ ।

सरकारमा कुन कुन दल सहभागी हुने भन्ने विषयमा टुंगो नलाग्दा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको छ ।

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०४

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको...

‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०१

काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइ बुधबारका लागि...

अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिए

अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १५:५९

काठमाडौं । सन् २०२६ अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन अपेक्षाभन्दा...

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता : अन्जन श्रेष्ठ

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको...

वि.सं.२०८३ वैशाख २१ सोमवार २३:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले...

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न, गोल्फु नाम्सापुरानमा ‘ग्लान ङारदिम’ उद्घाटन, विधान पारित र तदर्थ समिति गठन

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न,...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:५४

  काठमाडौं। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समुदायको...

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले बिहीबार तेस्रो प्रदेश भाषा दिवस मनाउने, २ करोडभन्दा बढी बजेट व्यवस्थापन

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:३६

  काठमाडौं । बागमती प्रदेश सरकारले तेस्रो प्रदेश भाषा दिवस...