CG Electronics
IME Life
NIMB

वि.सं.२०८३ जेठ १ शुक्रवार

skip this Crompton : Electronics  (Content Block)3

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न, गोल्फु नाम्सापुरानमा ‘ग्लान ङारदिम’ उद्घाटन, विधान पारित र तदर्थ समिति गठन

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समुदायको ङारदिम (थातथलो) मा ग्लान वंशको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ। “कुलपरम्परा र संस्कृति हाम्रो पहिचान, वंश र इतिहासको खोजी हाम्रो अभियान” भन्ने मूल नाराकासाथ शुक्रबार ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला सम्पन्न भएको हाे ।

तामाङ समुदायभित्र पर्ने ग्लान वंशको पहिचान र इतिहासको खोजीका क्रममा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–नाम्सापुरानस्थित क्षेत्रलाई ग्लान समुदायको उद्गमस्थलका रूपमा मानिएकाे छ । पछिल्लो समय ग्लान वंशका सदस्यहरूले सो स्थानलाई ऐतिहासिक थलोको रूपमा स्वीकार गर्दै ग्लान समुदायको ङारदिम (थातथलो) का रूपमा स्थापना गरेका हुन्।

पत्रकार अर्जुन ग्लानको संयोजकत्वमा नवनिर्मित ‘ग्लान ङारदीम’को समेत आयोजित कार्यक्रमकाे प्रमुख आतिथ्यतामा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा ग्लान वंश नेपालका संरक्षक हितबहादुर ग्लान तामाङले उद्घाटन गरेका हुन्  ।  उक्त संरचना आर्थिक वर्ष २०८१/८२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विनियोजित रु. ९० लाख र दुप्चेश्वर गाउँपालिकाको रु. ९ लाख सहयोगमा निर्माण गरिएको हो।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व संस्कृति, पर्यटनमन्त्री हितबहादुर ग्लान तामाङले नुवाकोट जिल्ला केवल ग्लानहरूको मात्र नभई तामाङ जातिभित्रका विभिन्न थरहरूको पवित्र उत्पत्ति स्थल भएको बताए । उनका अनुसार थिङ, ल्हाे/लाे, स्याङ्तान, ब्लोन र गोलेलगायतका थरहरूको ऐतिहासिक थातथलो नुवाकोट रहेको विभिन्न स्रोतबाट पुष्टि हुँदै आएको छ। मन्त्री तामाङले नुवाकोट जिल्लामा तामाङ समुदायभित्र पनि ग्लान वंशको संख्या उल्लेख्य रहेकोमा भन्दै  ङार दिममा एकपटक अनिवार्य रूपमा पुग्ने वातावरण निर्माण गर्न सबैलाई आह्यन गरे ।

उनले भने ,’आफू मन्त्री हुँदा करिब ९० लाख रुपैयाँ बजेट विनियोजन गरी सुरु गरिएको ग्लान ङार दिम आज देशभरिका ग्लान समुदायलाई आफ्नै पुर्ख्यौली भूमिमा पाइला टेक्ने अवसर प्राप्त भएकाे छ ।’ आगामी दिनमा यस वंशलाई बृहत्तर रूपमा अघि बढाउँदै विधान तथा कार्यविधि निर्माण गरिने उनले बताए । साथै, आफ्नो संस्कृति संरक्षणमा आफूबाट कुनै कमजोरी नहुने प्रतिबद्धता  जनाए ।

उनले तामाङ समुदायको अधिकार, पहिचान र सशक्तिकरणका लागि यस्ता भेलाहरू अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले आफ्नो वंश परम्परा, संस्कृति संरक्षण तथा पुस्तान्तरणमा जोड दिएका थिए।

कार्यक्रमका अतिथि तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले आफ्नै मातृभाषामा आफ्नाे अभिव्यक्त गरे  । उनले सबै तामाङ समुदायलाई आफ्नो थातथलो खोज्न आग्रह गर्दै कुटुम्बबाट प्राप्त आशीर्वादले जीवनमा सफलता ल्याउने विश्वास व्यक्त गरे । यो अभियानले झुक्किएर हाडनाता भित्र हुने बिहे रोक्दै कुटुम्ब पहिचान हुने उनले बताए ।

यसैगरी हरिवन नगरपालिका उपप्रमुख अतिथि हरिमाया ग्लानले आफ्नो भनाइमा अग्रजहरूबाट ‘ग्लान बप्स गोल्फु’ को नाम मात्र सुन्दै आएको स्मरण गर्दै  उक्त पवित्र थलोमा पुग्न पाउँदा खुशी व्यक्त गरिन् । उनले ग्लान समुदायका सबै चेलीबेटीले यस स्थानमा अनिवार्य रूपमा पुग्नुपर्ने बताइन् ।

कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका पूर्वअध्यक्ष योविन्द्र सिहं तामाङले २०७४ सालको जनमतको कदर गर्दै आफ्नो कार्यकालमा स्वास्थ्य, शिक्षा, सडक लगायतका भौतिक पूर्वाधार विकाससँगै वंशको ङार दिम भवन निर्माण गर्ने अवसर प्राप्त भएको बताए ।

कार्यक्रमको स्वागत मन्तव्य वडा नं. ४ का अध्यक्ष ज्ञानबहादुर तामाङले व्यक्त गर्दै ग्लान वंशको संस्कृति संरक्षणका लागि नेपाल सरकारको तर्फबाट पूर्वमन्त्री हितबहादुर तामाङले पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे। उनले गोल्फु भञ्ज्याङ मार्ग, पार्क तथा दुप्चेश्वरको समग्र विकासका लागि प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै थप पूर्वाधार विकासको आवश्यकता औँल्याए।

दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष माकुरी तामाङले सबैले आ–आफ्नो संस्कृति जगेर्ना गर्नुपर्नेमा जोड दिँदै ग्लान समाजको संरक्षण आवश्यक रहेको बताइन्। उनले नव-निर्मित भवन निर्माणमा हितबहादुर तामाङको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै त्यसको संरक्षण सबैको जिम्मेवारी भएको बताइन्।

कार्यक्रमका सभापति तथा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापाले सो स्थानसम्म पुग्नुपर्ने कठिनाइप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा सडक तथा पूर्वाधार विकासलाई प्राथमिकता दिने बताए। उनले छोटो समयमै पूर्वमन्त्री हितबहादुर तामाङले गरेका विकास कार्यप्रति आभार व्यक्त गर्दै पुराना राजनीतिक विवाद छाडेर नयाँ वातावरणमा विकासतर्फ लाग्नुपर्नेमा जोड दिए। देशभर रहेका ग्लान वंशका सदस्यहरू दुप्चेश्वरमा भेला हुँदा यस क्षेत्रको गरिमा बढेकोमा उनले खुशी व्यक्त गरे।

उक्त भेलाले विधान मस्यौदा समितिले तयार गरेको प्रस्तावित विधान पारित गरिएको थियो । पारित लगत्तै पत्रकार अर्जुन बहादुर तामाङको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेकाे छ। समितिका सदस्यहरूमा रक्षबहादुर ग्लान (काठमाडौं), ललित ग्लान (मकवानपुर), सर्केस ग्लान (मकवानपुर), छिरिङ दोर्जे ग्लान (नुवाकोट), बच्चुराम ग्लान (तादी), ज्ञानबहादुर ग्लान (दुप्चेश्वर, नुवाकोट), आनन्दी ग्लान (ककनी, नुवाकोट), बिना ग्लान (ललितपुर), शर्मिला ग्लान (धादिङ) र करुणा ग्लान (सूर्यगढी, नुवाकोट) रहेका छन्।

कार्यक्रमका सञ्चालक तथा आयोजक समिति सदस्य रक्षबहादुर ग्लान (युनिक)ले ग्लान समाज नेपालको प्रारम्भ २०७३ साल असार ११ गते वरिष्ठ इन्जिनियर नरेन्द्रबहादुर ग्लानको काठमाडौंस्थित निवासमा भएको प्रारम्भिक छलफलबाट सुरु भएको स्मरण गराउँदै यस राष्ट्रिय भेलाबाट ‘ग्लान वंश नेपाल’का रूपमा औपचारिक रूपान्तरण भएको जानकारी दिए।

उनले आफ्नो मातृभाषामार्फत् सबै ग्लान वंशलाई “दुखरी मुसै, सुखरी मुसै वंशला रिमठिम थाम्लेगो ह्या वा, जम्बुलिङ खोर्री हानाङदम्मन स्युसैनोन वंशला केसा, बाप्सा नुवाकोटला दुप्चे गोल्फु नाम्सापुरानरी तिरेम दोगाउ ह्या वा” भन्दै दुख–सुख जे–जस्तो अवस्थामा भए पनि वंशको रीतिथिति नबिर्सन र संसारको जुनसुकै कुनामा भए पनि पुर्ख्यौली पवित्र थातथलो नुवाकोट दुप्चे गोल्फु नाम्सापुरानमा जीवनमा एकपटक पाइला टेक्न आग्रह गरेका थिए।

कार्यक्रममा स्थानीय ग्लान लाप्ताबा लाबोनहरूले साङ्शेरगेम गरी पहिलो चरणको कार्यक्रम दुप्चेश्वर गाउँपालिकाको आयोजनामा गाउँपालिका अध्यक्ष शंकर थापाको सभापतित्वमा सम्पन्न गरेका थिए। दोस्रो चरणको भेलामा नुवाकोट, ककनीका लाप्ताबा लाबोन पुन्यमान ग्लान लामाले लाप्ताबाको खेस्युलको व्याख्या गर्दै गोल्फु नाम्सापुरान ग्लान वंशको पवित्र थातथलो भएको थप पुष्टि तथा तथ्य प्रस्तुत गरे।

त्यस्तै,कार्यक्रमको समापन गर्दै अध्यक्ष अर्जुनबहादुर ग्लानले देशभरिका ग्लान समुदायका सदस्यहरूलाई ङार दिम, गोल्फु नमसापुरान कार्यक्रममा सहभागी भई ऐतिहासिक क्षणलाई सफल बनाएकोमा धन्यवाद दिँदै ग्लान समाजको कुल–कुल्यान, संस्कार, संस्कृति तथा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्ने प्रतिबद्धता जनाए ।

यसैगरी कार्यक्रममा सहभागी राष्ट्रिय कलाकार बुद्धि तामाङ-ग्लानले बुद्धजयन्तीको अवसरमा आयोजित यस भेलाले ग्लान समुदायको संस्कार र संस्कृतिको संरक्षण तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै शुभकामना दिएका थिए।

राष्ट्रिय भेलामा इलाम,झापा, उदयपुर, सिन्धुली, सर्लाही, बारा, मकवानपुर, चितवन, गोरखा, नुवाकोट, धादिङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर र भक्तपुरलगायत जिल्लाबाट ग्लान वंशका प्रतिनिधिहरूको उल्लेख उपस्थिति रहेको थियो। कार्यक्रममा वंशावलीसम्बन्धी विधानको चार बुँदे प्रस्तावमाथि छलफल गर्दै भेलालाई भव्य र सफल रूपमा सम्पन्न गरिएको थियो । साेही कार्यक्रममा नेपालभरका ग्लान वंशका सदस्यहरूको सहभागिता रहेको थियो।

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण : अर्थसचिव उपाध्याय

अर्थतन्त्र सुधार्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण :...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:४८

  काठमाडौँ । अर्थसचिव घनश्याम उपाध्यायले निजी क्षेत्रको आत्मबल बढाउनु...

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार केन्द्रित : अर्थमन्त्री वाग्ले

नीति तथा कार्यक्रम सुशासन, भ्रष्टाचार नियन्त्रण र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २२:१५

  काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४...

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार २१:०९

  काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी...

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र नागरिक अधिकार संरक्षणमा जोड

राष्ट्रिय नागरिक घोषणापत्र २०८३ सार्वजनिक, लोकतन्त्र र...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १६:१३

काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालले लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय...

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु

विद्युत् नियमन आयोगका पदाधिकारी नियुक्तिका लागि खुला...

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १३:३४

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:५५

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सावर्जनिक काठमाडौं । सञ्चालनमा रहेका २०...