CG Electronics
IME Life
NIMB

अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिए

NIMB
Himalayan Bank

काठमाडौं । सन् २०२६ अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन अपेक्षाभन्दा कम देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त महिनामा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा गिरावट हो।

तथ्यांक हेर्दा सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० पर्यटक आएका थिए भने महामारीअघि सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक आगमन भएको थियो। यसले पुनरुत्थानको क्रममा रहेको पर्यटन क्षेत्र अझै पूर्ण रूपमा स्थिर हुन नसकेको संकेत गर्छ।

क्षेत्रगत रूपमा दक्षिण एसिया ९सार्क० बाट सबैभन्दा धेरै ३३ हजार ४३२ पर्यटक ९३१ प्रतिशत० आएका छन्। त्यसपछि अन्य एसियाली मुलुकबाट २६ हजार ७२६, युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एसियाबाट १ हजार ६९७, अफ्रिकाबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक आएका छन्।

देशगत रूपमा भारत पहिलो स्रोत बजार रहँदा चीन दोस्रो र बंगलादेश तेस्रो स्थानमा छन्। भारतबाट १५ हजार १९६, चीनबाट ११ हजार ७२२ र बंगलादेशबाट ५ हजार २३१ पर्यटक नेपाल आएका छन्।

विशेषज्ञहरूका अनुसार पछिल्लो समय पश्चिम एसियामा बढ्दो भू–राजनीतिक तनाव, हवाई उडानमा आएको अवरोध तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनमा कमीका कारण पर्यटक आगमनमा प्रभाव परेको देखिन्छ।

पर्यटन क्षेत्रलाई पुनः गति दिन डिजिटल मार्केटिङ सुदृढ गर्ने, अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवद्र्धन गर्ने र नेपाललाई सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने रणनीति आवश्यक देखिएको छ।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...