CG Electronics
IME Life
Ncell NPL

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह, यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह, यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

कात्तिक १५, काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै कार्कीले उक्त कुरा बताएका हुन् ।

सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरहरुका बारेमा जानकारी दिंदै कार्कीले नेपाल सरकारको भूमिका सकारात्मक रहेकोले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आव्हान गरेका थिए ।

त्यसैगरी उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेष गरी कार्यान्वयनमा रहेका जलविद्युत परियोजनाहरुमा लगानीको ठूलो अवसर भएको बताए ।

भारत तथा चीनसँग विद्युत विकास तथा खरीदका लागि भएका सम्झौताहरु एवं जलविद्युत् विकासका लागि नेपाल सरकारको आगामी योजनाको बारेमा उल्लेख गर्दै देवले यसका लागि यो क्षेत्रमा ठूलो पूँजीको आवश्यकता र अवसर रहेको बताएका थिए ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको जनाउँदै त्यसका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका थिए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय श्रोतहरुमार्फत् बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताएका थिए ।

नेपालले विद्युत व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेशमासमेत विद्युत निर्यात गर्ने तयारी गरेको बताउँदै उनले नेपालको जलविद्युतबाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताएका थिए ।

सम्मेलनमा ब्रिटिश इण्टरनेशनल इन्भेष्टमेन्टका प्रवन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टीम गोचरले नेपालमा आफूले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको बताएका थिए ।

यूके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका बिभिन्न क्षेत्रमा १.५ बिलियन पाउण्ड (दुई खर्ब ४२ अर्ब रपैयाँ) सम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार रहेको बताएका थिए ।

नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्दी भएको १०० वर्ष पूरा भएको अवसरमा आयोजित उक्त सममेलनमा इप्पानका अध्यक्ष कार्की सहित उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी भएका थिए ।

त्यस्तै ऊर्जा मन्त्रालय, अर्थमन्त्रालय र विभिन्न क्षेत्रका उद्योगी, व्यवसायी र बुद्धिजीवीहरुको समेत सम्मेलनमा सहभागीता रहेको थियो ।

 

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको अभाव र राजनीतिक अस्थिरता : अन्जन श्रेष्ठ

अर्थतन्त्र सुधार नहुनुको प्रमुख कारण दीर्घकालीन सोचको...

वि.सं.२०८३ वैशाख २१ सोमवार २३:३०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले...

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न, गोल्फु नाम्सापुरानमा ‘ग्लान ङारदिम’ उद्घाटन, विधान पारित र तदर्थ समिति गठन

ग्लान वंश नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न,...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:५४

  काठमाडौं। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ गोल्फु नाम्सापुरानस्थित ऐतिहासिक ग्लान समुदायको...

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारले बिहीबार तेस्रो प्रदेश भाषा दिवस मनाउने, २ करोडभन्दा बढी बजेट व्यवस्थापन

भाषा ऐन कार्यान्वयन र भाषा–संस्कृति प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २१ सोमवार २२:३६

  काठमाडौं । बागमती प्रदेश सरकारले तेस्रो प्रदेश भाषा दिवस...

नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारण सभाको उदघाटन सत्रमा अध्यक्ष श्री चन्द्रप्रसाद ढकालद्धारा प्रस्तुत मन्तव्य

नेपाल उद्योग वाणिज्य महासंघ ६०औँ वार्षिक साधारण...

वि.सं.२०८३ वैशाख २१ सोमवार १५:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औ बार्षिक...

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न...

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४६

  काठमाडौँ । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी...

आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र...

वि.सं.२०८३ वैशाख २१ सोमवार ०९:४०

काठमाडौं । मन्त्रिपरिषद बैठक आज साढे १० बजे बोलाइएको छ...