CG Electronics
IME Life
Ncell NPL

आइपीपीएलअघि नै चेन्नईलाई झट्का, बेन स्टोक नखेल्ने

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । पाँच पटकको च्याम्पियन टोली चेन्नई सुपर किंग्स (सीएसके) लाई आईपीएलको अर्को सिजन सुरु हुनुअघि नै ठूलै झट्का लागेको छ ।

इंग्ल्याण्डका सुपरस्टार अलराउन्डर बेन स्टोक्सले आईपीएल (आईपीएल–२०२४) को अर्को सिजनबाट बाहिरिने निर्णय गरेका छन् । स्टोक्सलाई सीएसकेले आइपीएल २०२३ को अक्सनमा १६.२५ करोडमा खरिद गरेको थियो ।

स्टोक्सले आफ्नो कामको बोझ र फिटनेसमा ध्यान दिँदै आउँदो सिजन आइपीएल नखेल्ने निर्णय लिएका हुन् ।

बेन स्टोक्स हालै सन् २०२३ को एकदिवसीय विश्वकपका लागि इंग्ल्याण्डको टोलीबाट सन्यास लिएर फर्किएका थिए । विश्वकप २०२३ मा इंग्ल्याण्डले खराब प्रदर्शन गरे पनि बेन स्टोक्सले फरक छाप छोडे । बेन स्टोक्सले पनि आफ्नो घुँडाको शल्यक्रिया गर्नुपर्ने बताएका छन् । उनी लामो समयदेखि यो समस्यासँग जुध्दै आएका छन् ।

३२ वर्षीय स्टोक्सले आईपीएलमा अहिलेसम्म २ शतक प्रहार गरेका छन् । उनले ४५ खेलमा कुल ९३५ रन बनाएका छन् ।

यसबाहेक उनको नाममा २८ विकेट पनि छन् । उनले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करिअरमा ४३ खेलमा ५८५ रन बनाउनुका साथै २६ विकेट पनि लिएका छन् ।

स्टोक्सले आईपीएलको अन्तिम सिजनमा जम्मा २ खेल खेलेका थिए जसमा उनले जम्मा १८ रन बनाएका थिए भने १ ओभर मात्र बलिङ गरेका थिए । हालै सम्पन्न एकदिवसीय विश्वकपमा पनि उनले ब्याटिङ गर्दै १ शतक र २ अर्धशतक बनाएका थिए । स्टोक्सले यो विश्वकपमा ६ खेल खेलेका थिए ।

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...